राजेन्द्र महतोसँग मन्त्रीको जागिर भइराख्थ्यो भने

काठमाडौं । नयाँ जोगीले बढी खरानी घस्छ, उसै भनिएको होइन । राजेन्द्र महतो २१ जेठमा उपप्रधानसहित शहरी विकास मन्त्री नियुक्त भए । दुई हप्तापछि संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा पुगे र त्यहाँका कर्मचारीलाई क्वार्टरको व्यवस्थापन र मर्मत सम्भार गर्न निर्देशन दिए । विभागीय मन्त्रीकै निर्देशन पाएपछि कर्मचारीले हतार हतार सिनियर डिभिजनल इञ्जिनियर महालक्ष्मी जोशी र पवित्रा बस्नेतलाई ८ असारको दिन अध्ययनका लागि पुल्चोक पठायो । रमाइलोचाहिँ जुन दिन कर्मचारी मन्त्री क्वार्टरमा खटिए, सोही दिन सर्वोच्चले मन्त्रीको पद खाइदियो ।

पुल्चोकस्थित मन्त्री क्वार्टर ०३२ सालमै बनेको हो, त्यहाँ ए देखि डीसम्म ४ वटा ब्लक छन् । मन्त्रीकै निर्देशन पाएपछि कर्मचारीले कहाँ के बिग्रिएको छ रु कुन सामग्री आवश्यक छ भन्ने ५ पन्ने प्रतिवेदन तयार पारेका छन् । प्रतिवेदनअनुसार सी फोर र डी २ ब्लकबाहेक अन्य ब्लक र क्वार्टरमा कतै पानी चुहिने, कतै फ्लस बिग्रिएको, बत्ती बिग्रिएको, प्यान फेर्नुपर्ने, ढलको पानी बाहिर बग्ने गरेकोलगायत समस्या छ । ए वानभित्र ५ वटा ब्लक छन् । जहाँ कुनै ब्लकमा गिजर, रंगीन माला बत्ती र स्यानिटाइजर मेसिन बिग्रिएको, मुख्य प्रवेशद्वारको जाली फेर्नुपर्नेदेखि वाइफाइको राउटर बिग्रेको समस्या टिपोट गरिएको छ ।

यस्तै, ब्लक बीभित्र रहेका ४ वटा क्वार्टरमा कतै किचन र बैठक कोठामा पानी चुहिने, कोठाको बत्ती बिग्रेको, किचेनको पाइप बिग्रेकाले पानी जाम हुने, ढलबाट पानी पास नभई बाहिर जाने, डोरम्याट नआएको समस्या टिपोट भएको छ । ब्लक सीभित्र ५ वटा भवन रहेकोमा प्रिन्टर, टेलिफोन सेटको अभाव, वाइफाइको स्पिड कम भएको, मास्टर बेडको गलैंचा नआएकोजस्ता समस्या देखिएको छ । डी ब्लकमा ५ वटा भवन रहेकोमध्ये टि–टेबल बिग्रेको, एसी नचल्ने, पानी चुहिने, इन्भर्टर किन्नुपर्ने, कम्प्युटरमा करेन्ट लाग्नेलगायत समस्या छ । दिउँसोसम्म सबै टिपोट तयार पारी प्रतिवेदन तयार पार्दासम्म मन्त्री नै भूपू भइसकेका थिए । समाचार जनआस्था साप्ताहिकमा छ ।

+ posts

सम्वन्धित समाचार

सांसद प्रदीप गिरि भन्छन्, विदेश नीतिमा साझा धारणा बनाउॅ

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले सबैभन्दा पहिले साझा विदेश नीति बनाउनुपर्ने बताएका छन् । अमेरिकी परियोजना एमसीसी सम्झौता खारेजको माग...

तुइन काट्ने भारतीय सुरक्षाकर्मीको कदम अमानवीय : भीम रावल

काठमाडौं । दार्चुलास्थित सीमानदी महाकालीमाथि एकजना नेपाली सवार तुइन काट्ने भारतीय सुरक्षाकर्मीको कदमलाई जति निन्दा गरे पनि कम हुन्छ । यो कदमलाई...

ताजा समाचार

सांसद प्रदीप गिरि भन्छन्, विदेश नीतिमा साझा धारणा बनाउॅ

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले सबैभन्दा पहिले साझा विदेश नीति बनाउनुपर्ने बताएका छन् । अमेरिकी परियोजना एमसीसी सम्झौता खारेजको माग...

तुइन काट्ने भारतीय सुरक्षाकर्मीको कदम अमानवीय : भीम रावल

काठमाडौं । दार्चुलास्थित सीमानदी महाकालीमाथि एकजना नेपाली सवार तुइन काट्ने भारतीय सुरक्षाकर्मीको कदमलाई जति निन्दा गरे पनि कम हुन्छ । यो कदमलाई...

३३ किलो सुन काण्डका भोजराज भण्डारी पक्राउ

काठमाडौं ।३३ किलो सुन काण्ड ओली सरकारको पालामा खुबै चर्चामा रह्यो । नयां सरकार बनेपछि सानो भुरा भने पनि समातिएका छन् ।...

खोप लुकाएर चैन गरिरहेका खड्का पक्राउ

झापा । सबै नागरिक खोपको लागि तड्पिरहेका छन् । तर, माफियाहरु भने खोप लुकाएर चैन गरिरहेका छन् । कोरोनाविरुद्धको खोप पाउन सर्वसाधारण...

माधव नेपालको दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार गर्न सकिन्न : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षले राखेको दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार गर्न नसकिने बताएका छन्।