सुशासनका लागि भैंसी जुलुस

धनुषा । धनुषाको सबैला नगरपालिकामा सुशासनका लागि भैंसी जुलुस निकालिएको छ । नगरपालिकाका जनप्रतिनिधिले भ्रष्टाचार गरेको भन्दै लामो समयदेखि धर्नामा बसेका स्थानीयवासीले आइतबार भैंसी जुलुस प्रदर्शन गरेका छन् । भ्रष्टाचार विरुद्ध संयुक्त संघर्ष समितिले विभिन्न शीर्षकमा सूचना माग्दै विगत १४ दिनदेखि अनसनलाई निरन्तरता दिँदै आएको छ ।

संघर्ष समितिको आन्दोलनलाई समर्थन गर्दै आइतबार स्थानीयवासीले नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भैंसी जुलुस निकालेका हुन् । विभिन्न सूचना माग गर्दा नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत बलवीर ठाकुर, लेखा अधिकृत शिवकुमार झा र इन्जिनियर रञ्जित यादवसमेतकाले बेवास्ता गरेपछि स्थानीयवासीले भैंसी जुलुस निकालेर सांकेतिक रुपमा विरोध जनाएका हुन्  ।

जुलुसमा सहभागीले नगरप्रमुख र कर्मचारीहरू विरुद्ध चर्को नाराबाजी समेत गरेका छन् । नगरप्रमुख र कर्मचारीको मिलोमतोमा नगरपालिकामा व्यापक भ्रष्टाचार भएको आशंकामा सूचना माग गरिएको तर सो सूचना उपलब्ध नगराएका कारण संयुक्त संघर्ष समितिले अनसन थालेको समितिका अगुवा सुरेश यादवले जनाए ।

महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा सबैला नगरपालिकामा व्यापक आर्थिक अनियमितता भइ बेरुजु ठहर भएको उल्लेख छ । सो लगत्तै स्थानीयवासीले समेत पालिकामा आन्दोलन गर्दै आएका छन् ।

+ posts

सम्वन्धित समाचार

नक्कली भ्याट बिल बनाउने विरुद्ध मुद्दा दायर

काठमाडौँ । निक्कली तथा झुट्टा मूल्य अभिवृद्धि कर विजक खरिद गरी वित्तीय विवरण र आयकर विवरण तयार गरी राजश्व छली गरेको अभियोगमा...

बलात्कार मुद्दामा हदम्याद खारेज गर्न क्रान्तिकारीको माग

काठमाडौँ । नेकपामाओवादी केन्द्र निकट अखिलक्रान्तिकारीले बलात्कार मुद्दामा हदम्याद खारेज गर्न माग गरेका छन् । ८ वर्ष अघि एक युवतीममाथी भएको बलात्कारको...

ताजा समाचार

नेप्से परिसूचक उच्च अङ्कले ओरालो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले ओरालो लागेको छ । नेप्से ओरालो लाग्दा २ हजार २०० को...

हत्या गरेको अभियोगमा एकजना पक्राउ

काठमाडौँ । पर्साको ठोरी गाउँपालिका ५ ठूलो बाघमोर्चा बस्ने २३ वर्षीय युवकको हत्याको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रवीण...

प्रहरीका पाँच डिआइजीलाई एआइजी पदमा बढुवा

काठमाडौँ । नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक डिआइजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक एआइजी पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।