मतदान कार्य सकिएपछि, आजै साँझबाट मतगणना सुरु हुने

काठमाडौँ । आज देश भर भएको स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत मतदान कार्य सकिएपछि साँझबाट नै मतगणना सुरु हुने भएको छ । मुलुकभर ७५३ पालिकामध्ये कपिलवस्तुको एक पालिकाबाहेक सबै पालिकाका २१ हजार ९५५ मतदान केन्द्रमा मतदान भइरहेको छ ।

साँझ ५ बजेसम्म मतदान हुने भनिए पनि उक्त समयमा मतदान केन्द्रमा प्रवेश गरेका मतदातालाई मतदानमा सहभागी गराइने र मतदानकार्य सम्पन्न भइसकेपछि मुचुल्का तयार गरी पार्टी र उम्मेदवारको रोहबरमा सुरक्षितरुपमा मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरेर सर्वदलीय छलफललगत्तै आजै मत गणनाकार्य सुरु हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिइएका छन् ।

पौडेलका अनुसार आज दिउँसो १ बजेसम्म ३७ प्रतिशत मत खसेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदानमा छिटपुट घटनाबाहेक समग्रमा शान्तिपूर्ण र उत्साहपूर्वक मतदानकार्य भइरहेको जानकारी छ।

दोलखा, सर्लाही, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदानकार्य अवरुद्ध भएकामा सञ्चालन गर्ने प्रयास भइरहेको आयोगले जानकारी गराएको छ ।

+ posts

सम्वन्धित समाचार

नक्कली भ्याट बिल बनाउने विरुद्ध मुद्दा दायर

काठमाडौँ । निक्कली तथा झुट्टा मूल्य अभिवृद्धि कर विजक खरिद गरी वित्तीय विवरण र आयकर विवरण तयार गरी राजश्व छली गरेको अभियोगमा...

बलात्कार मुद्दामा हदम्याद खारेज गर्न क्रान्तिकारीको माग

काठमाडौँ । नेकपामाओवादी केन्द्र निकट अखिलक्रान्तिकारीले बलात्कार मुद्दामा हदम्याद खारेज गर्न माग गरेका छन् । ८ वर्ष अघि एक युवतीममाथी भएको बलात्कारको...

ताजा समाचार

नेप्से परिसूचक उच्च अङ्कले ओरालो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले ओरालो लागेको छ । नेप्से ओरालो लाग्दा २ हजार २०० को...

हत्या गरेको अभियोगमा एकजना पक्राउ

काठमाडौँ । पर्साको ठोरी गाउँपालिका ५ ठूलो बाघमोर्चा बस्ने २३ वर्षीय युवकको हत्याको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रवीण...

प्रहरीका पाँच डिआइजीलाई एआइजी पदमा बढुवा

काठमाडौँ । नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक डिआइजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक एआइजी पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।