बलात्कार घटनामा हदम्याद बढाउन नेविसङ्घको माग

काठमाडौँ । स्थानीय तह निर्वाचन सकिए लगतै ८ वर्ष अघिको बलात्कार घटना सामाजिक संजालमार्फत सार्वजानिक भएको हो । सो घटनालाई समेटेर नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले बलात्कार घटनामा हदम्याद बढाउन माग गरेको छ । नेविसङ्घले आज कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा ‘बन्दी’लाई भेटेर बलात्कार घटनामा हदम्यादको व्यवस्था संशोधन गर्न माग गरेको हो ।

नेविसङ्घका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले एक वर्षे हदम्यादका कारण बलात्कारबाट पीडित महिलाले न्याय पाउने अवस्थाबाट बञ्चित हुन परेको भन्दै अहिलेको व्यवस्था न्यायपूर्ण नभएकाले संशोधन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको जानकारी दिएको हो ।

बलात्कार जस्ता जघन्य अपराधका घटनामा दोषीले कुनै पनि हालतमा उन्मुक्ति पाउन हुँदैन, दोषीमाथि कडा कारवाही र विभेदकारी कानुनी व्यवस्था संशोधन गर्नुपर्छ, उनले भने । नेविसङ्घले हिंसा र जघज्य अपराधका मुद्दामा अदालतमा पनि चाँडो मुद्दा फैसला हुने व्यवस्था मिलाउनसमेत माग गरेको छ ।

कुनै पनि घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाही गर्ने दायित्व राज्यको भएकाले राज्य यस्ता विषयमा संवेदनशील रहेको मन्त्री शर्माले बताएका छन् । यस्ता घटनाबारे आवश्यक कानून संशोधन प्रक्रिया अगाडि बढाउन सरकार सकारात्मक रहेको उनको भनाइ रहेको छ ।

+ posts

सम्वन्धित समाचार

आमसञ्चार विधेयक प्रेसमैत्री हुनेछ : मुख्यमन्त्री पोखरेल

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशमा आउन लागेको आमसञ्चार विधेयक प्रेसमैत्री बन्ने बताइएका छन् । नेपाल प्रेस युनियन...

तीन वर्षीय बालकको १५ दिनपछि सकुशल उद्धार

काठमाडौँ । जनकपुरबाट अपहरणमा परेका तीन वर्षीय बालकलाई प्रहरीले १५ दिनपछि सकुशल उद्धार गर्न सफल भएको छ । गत असार ६ गते...

ताजा समाचार

आमसञ्चार विधेयक प्रेसमैत्री हुनेछ : मुख्यमन्त्री पोखरेल

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशमा आउन लागेको आमसञ्चार विधेयक प्रेसमैत्री बन्ने बताइएका छन् । नेपाल प्रेस युनियन...

तीन वर्षीय बालकको १५ दिनपछि सकुशल उद्धार

काठमाडौँ । जनकपुरबाट अपहरणमा परेका तीन वर्षीय बालकलाई प्रहरीले १५ दिनपछि सकुशल उद्धार गर्न सफल भएको छ । गत असार ६ गते...

पुनःनिर्माण गरिएको वीरेन्द्र–ऐश्वर्य पार्क

काठमाडौँ । बागलुङ नगरपालिकाले रु एक करोडको लागतमा पुनःनिर्माण गरेको बागलुङ बजारमा रहेर वीरेन्द्र–ऐश्वर्य पार्क । पार्क पछिल्लो समय व्यवस्थापनको अभावमा जीर्ण...

अर्थमन्त्रीद्वारा राजीनामा : राजीनामा घोषणा गर्दै भने – ममाथि पूर्वाग्रह राखियो

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आज आफ्नो पदबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले आफूले पदबाट राजीनामा दिएको बताए ।...

तीनजान फरार प्रतिवादी पक्राउ

काठमार्डौँ । प्रहरीले तीनजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भुम्लु गाउँपालिका–३ का ४६ वर्षीय दावा तामाङ, ललितपुरको टीकाथली–९ स्थायी...