अर्थमन्त्रीद्वारा राजीनामा : राजीनामा घोषणा गर्दै भने – ममाथि पूर्वाग्रह राखियो

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आज आफ्नो पदबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले आफूले पदबाट राजीनामा दिएको बताए । विगतमा छानबिन समिति गठन भए पनि राजीनामा दिने नगरिएको भन्दै उनले आफूले भने त्यसो नगर्ने जानकारी संसद्लाई गराएका छन् । उनले छानबिन समितिको काम कारवाहीलाई सहज बनाउनका लागि पदबाट राजीनामा दिएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै उनले प्रतिपक्षी दलले आफूप्रति पूर्वाग्रह देखाएको भए पनि सहमतिमा छानबिन समिति गठन भएको बताए । समितिले छानबिन गरोस् भन्ने आग्रह गर्दै उनले आफूबाट कुनै पनि अनधिकृत काम नभएकोस्पष्ट पारे । तोकिएको मानिस बाहेक बजेट निर्माणका अन्य कोही पनि मानिस संलग्न नभएको उनले दोहो¥याएका हुँन् । अर्थमन्त्रीले भने,“सैनिक नेतृत्वले जस्तै दोषी करार गरियो । यो राजनीतिक पूर्वाग्रहको पराकाष्ठा हो । यो राजनीतिक प्रतिशोध हो ।”

उनले आफू विरुद्ध अनेक कथा बुनिएको भन्दै गलत प्रचारको खण्डन गरेका छन् । अर्थमन्त्रीले मन्त्रालयमा राखिएको सिसिटिभीको क्षमताका बारेमा थाहा नभएको र आफूले त्यसका बारेमा कुनै चासो नराखेको बताइएका छन् । विगतमा अनधिकृतरूपमा सुपारी, केराउ र मरिच आयात गरेर तस्करी गर्ने गरिएको जानकारी दिँदै उहाँले त्यसलाई आफूले रोकिदिएको बताए ।

आगामी आवको बजेटमा विलासी विद्युतीय सवारी साधनको हकमा सामान्य मात्रै करको दर हेरफेर गरिएको उनले जानकारी दिइएका छन् । मन्त्री शर्माले माइतीघर मण्डलमा ‘रातो कर माफ गर’ भन्दै महिलाले गरेको आन्दोलन र उनीहरूले उठाएको माग सम्बोधन गर्न स्यानेटरी प्याडमा कर छुट दिइएको बताए ।

निर्यात बढाउने लक्ष्यका साथ आफूले बजेटमा विशेष प्रबन्ध गरेको, कृषि क्षेत्रको विकासमा जोड दिएको तथा समाजमा सबै वर्ग तथा क्षेत्रलाई उत्साहित बनाएको उनले स्पष्ट पारे । अर्थमन्त्रीले विगतमा बच्चाले खाने दूधमा कर बढाएर चकलेट आयातमा कर घटाइएको तथ्यसमेत पेश गरे । सीमित व्यक्तिलाई लाभ हुने गरी विगतमा करका दरमा हेरफेर गरिएको भन्दै उनले आफूले आत्मनिर्भर अर्थतन्त्रको विकासमा जोड दिएकाले विरोध गरिएको त होइन भन्ने प्रश्न समेत गरे ।

+ posts

सम्वन्धित समाचार

आइतबार भएको आतङ्ककारी हमलामा सैनिक र सर्वसाधारणको मृत्यु

काठमाडौँ । मालीमा आइतबार भएको एक आतङ्ककारी हमलामा परेर ४ जना सैनिकको ज्यान गएको छ । चार सैनिक मारिएका मालीको सैनिक सङ्गठनद्धारा...

आजा पनि नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो

काठमाडौँ । शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७.६८ अङ्कले...

ताजा समाचार

आइतबार भएको आतङ्ककारी हमलामा सैनिक र सर्वसाधारणको मृत्यु

काठमाडौँ । मालीमा आइतबार भएको एक आतङ्ककारी हमलामा परेर ४ जना सैनिकको ज्यान गएको छ । चार सैनिक मारिएका मालीको सैनिक सङ्गठनद्धारा...

आजा पनि नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो

काठमाडौँ । शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७.६८ अङ्कले...

साउनको चौँथो सोमबार हजारौँ भक्तजन पशुपति क्षेत्रमा

काठमाडौँ । साउनको चौँथो सोमबार आज बिहान तीन बजेदेखि नै पशुपति क्षेत्रमा भक्तजनको भीड छ ।साउनको टन्टलापुर घाममा घण्टौँ लाममा बसेका भक्तजनको...

राष्ट्रियसभामा तीन प्रतिवेदन पेश

काठमाडौँ । आजाको राष्ट्रियसभाको बैठकमा तीन प्रतिवेदन पेश भएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह...

कन्काई र विरिङ खोलाको पुल अझै बन्न सकेन, यात्रा जोखिमपूर्ण

काठमाडौँ । कन्काई र विरिङ खोलाको पुल अझैसम्म नबन्दा डुङ्गाको भरमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । निर्माणाधीन पुल एक दशक बितिसक्दा...