प्रधानमन्त्रीमा हिरिक्क हुन्नँ, अवसर आए छाड्दिनँ

काठमाडौँ । जनीतिमा चलायमान नेतामा पर्छन, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड। कहिले वामगठबन्धन त कहिले वाम–लोकतान्त्रिक गठबन्धनका नाममा क्षणभरमै समीकरण बनाउने र भत्काउने गरिरहन्छन, प्रचण्ड। आगामी निर्वाचन, सत्तासमीकरण तथा मुलुकको समृद्धि र विकासबारे अन्नपूर्ण पोस्ट्का अखण्ड भण्डारी र नरेन्द्र साउदले अध्यक्ष दाहालसँग गरेको कुराकानीको सम्पादित अंश आजको मूल मुद्दामा

जनयुद्धबाट आएको त्यो गर्विलो र दर्बिलो प्रचण्ड। अहिले अलि निरीह, कमजोर र फितलोजस्तो स्वयं तपाईंलाई लाग्दैन ?

मलाई त आफू कमजोर भएको लाग्दैन। मानिसहरूले आआफ्नो ढंगले हेर्ने, मूल्यांकन गर्ने र विश्लेषण गर्ने भइराखेको, देखिरहेकै छु। जनयुद्धमा जस्तो थिएँ, शान्ति प्रक्रियामा आउँदा पनि त्यस्तै थिएँ। संविधानसभामा सबैभन्दा ठूलो पार्टीको नेता हुँदा पनि त्यस्तै थिए। पार्टी विभाजन भएर खुम्चिँदा पनि म त्यत्तिकै सक्रिय छु। पार्टीको काममा लागिराखेकै छु। मलाई केही फरक परेको छैन।

पोलिटिकल ‘चार्मिङ’ त घटेको हो नि !

पोलिटिकल चार्मिङ अलिकति पनि घटेको छैन। बरु, आजभोलि विस्तारै बढेको पो देख्छु। किनभने यो सबै परिवर्तन, संविधान, शान्ति प्रक्रिया, विकास–समृद्धि, समाजवादका लागि प्रचण्ड एउटा अनिवार्य इलिमेन्ट ९तत्व० हो भन्ने कुरा जनता र बुद्धिजीवीमा पनि आउँदै गरेको देखेको छु।

पार्टीको साइज त घट्यो नि १ पहिलो पार्टीबाट तेस्रो स्थानसम्मको चरणमा कसरी आइपुग्नुभयो ?

शान्तिपूर्ण एवं प्रतिस्पर्धाको राजनीतिमा विभिन्न खालका चलखेल र उतारचढाव आईनै रहन्छन। सबैका हुन्छन्। अहिलेका कुन पार्टी सानो भएनन ? कुन पार्टी ठूलो भएन र ? सबै प्रमुख पार्टीले उतार चढाव बेहोरेका छन्। नेपाली कांग्रेस पनि विभाजित भएर ०६४ को निर्वाचनमा कहाँबाट कहाँ पुगेको थियो। एमाले पनि ३३ सिटमा सीमित भएको थियो। यो प्रक्रियाभित्र हुने कुरा हो। यसलाई म अनौठो मान्दिन।

माओवादीको साइज घट्नुमा कहाँ कमजोरी भएजस्तो लाग्छ ?

मुख्य कुरा त विचार र राजनीतिक एजेन्डा हो। ठूलो सानो हुने कुराले व्यक्ति वा पार्टीको ‘इमेज’ लाई धेरै असर गर्दैन। कहिलेकाहीँ पार्टी सानो भए पनि व्यक्तित्व ठूलो भइराखेको हुन्छ। कहिलेकाहीँ पार्टी ठूलो भएर व्यक्तित्व खुम्चिएको पनि हुन्छ। विचार र राजनीतिक एजेण्डाको दृष्टिकोणले अहिले पनि नेपालमा माओवादी या प्रचण्ड नै केन्द्रमा छ। सानो भने पनि ठूलो भने पनि। एजेन्डा बलियो भएर पनि माओवादी किन कमजोर त ?

संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समावेशीता, संविधानसभा, महिला, दलित, मुस्लिम, आदिवासी जनजातिलाई अधिकारको कुरा, यी सबै कसका एजेन्डा हुन् रु कसले स्थापित गर्‍यो रु कसले सबैभन्दा बढी बलिदानी र संघर्ष गर्‍यो ? शान्ति प्रक्रियामा आएपछि औपचारिक र आधिकारिक रूपले नै प्रचण्डका एजेन्डाहरू कार्यान्वयनमा गएका छन्। यो कुरा मान्छेहरूले राम्ररी बुझेका छन। कतिपयलाई त्यो स्वीकार्न मन लाग्दैन। माओवादीको एजेण्डामा देश हिँडेको भन्दा त अरू राजनीतिक पार्टीको औचित्यमाथि नै प्रश्नचिन्ह खडा हुन्छ। त्यसकारण अरूले हेर्दा सानो भयो, अलि निरिह भयो जस्तो लाग्छ। तर, म, कत्ति पनि निरिह छैन। बढी कन्फिडेन्टका साथ अघि बढिरहेको छु। माओवादीका अबका मुख्य एजेन्डा के–के हुन् ?

यो सिष्टम बचाउनुपर्छ। यसमार्फत नै देशमा आर्थिक विकास गर्नुपर्छ। अब एकसूत्रीय एजेन्डा बन्नुपर्छ– समृद्धि र आर्थिक विकास। यो नगरिकन राजनीतिक परिवर्तनको औचित्य सिद्ध हुँदैन। आजभोलि एकथरि मान्छेहरूले यी पुरानालाई अव ‘नो नट अगेन’ भन्न थालेका छन्। स्वतन्त्रका नाममा पनि आइराख्या छन। अब यो सिष्टममार्फत आर्थिक विकासले गति लिएन भने जनतामा फ्रस्टेसन आउन सक्छ। त्यसैले आर्थिक विकास आजको मुख्य आवश्यक्ता हो। मेरो बाँकी जीवन पनि आर्थिक विकास र समृद्धिकै लागि लगाउँछु भनेको कारण पनि त्यही हो।

जनतामा त फ्रस्टेसन आइसकेको होइन र ?

आइसकेको त होइन। एकथरि मान्छेहरूलाई अब सिद्धिसक्यो जस्तो लाग्या छ। तर, देशैभरि घुम्दा र आधारभूत जनता ९जनता भन्या पनि कसलाई भन्ने होला ? मैले आधारभूत जनता भन्या हुँ० को भावनालाई हेर्दा फ्रस्टेसन आएको छैन। अझै पनि पार्टीहरूले गर्नुपर्छ भन्ने भरोसामा जनता छन्। जसलाई यो गणतन्त्र मन परेको छैन, संघीयता मन पर्‍या छैन। जसलाई लोकतन्त्र र यो समानुपातिक समावेशी मन पर्‍या छैन, तिनीहरूले चाहिँ निकै बल गर्‍या छन, सोसल मिडियामा। यो व्यवस्था सिद्धिसक्यो, यो फर्किंदैन भनिरहेका छन। तर, सोसल मिडियामा केहीबेर पानीको फोका जस्तो देखिँदैमा यत्रो ठूलो संघर्ष, बलिदान र जनताको लगानीबाट आएको चिज उल्टिहाल्छ भन्ने सत्य होइन।

केही स्वतन्त्रले अपत्यारिलो ढंगले स्थानीय तह चुनावमा जिते। अहिले पनि बग्रेल्ती स्वतन्त्र उम्मेदवार छन्। यसो हुनुमा दलहरू कहीँ न कहीँ चुकेको जस्तो लाग्दैन ?

राजनीतिक परिवर्तनसँगै सुशासन र आर्थिक समृद्धि एकसाथ लैजानुपथ्र्यो। पार्टी र नेताहरूको ध्यान राजनीतिक परिवर्तन र प्रचारवाजीमा मात्रै बढी गयो। विकास र समृद्धिमार्फत जनताको दैनिक जीवनमा सकारात्मक परिवर्तन ल्याउने, सुशासन अर्थात् भ्रष्टाचार नियन्त्रण गर्ने, जनतालाई राम्रो शासन दिने र आर्थिक परियोजनाहरू अघि बढाउन सक्नुपथ्र्यो। केही मेघा र मझौला प्रोजेक्टहरूमार्फत देशैभरि विकासको लहर सुरुवात भयो भन्ने सन्देश दिन सक्नुपथ्र्यो, राजनीतिक नेतृत्वले। त्यो नहँुदा जनतामा के हो त ? भन्ने प्रश्न उठेको हो। त्यसैकारण अब पार्टीहरूले सकेनन् भनेर एकाध ठाउँमा केही स्वतन्त्र भनिएका मान्छेहरू देखापरेका हुन्। त्यसैले राजनीतिक परिवर्तनसँग सुशासन र विकास जोडिएन भने यसलाई दिगो बनाउन सकिँदैन। राजनीतिक परिवर्तनको ऐतिहासिकता र त्यसको दिगोपनको निम्ति आर्थिक विकास अपरिहार्य शर्त हो।

त्यही भएर पुरानो पुस्ता विरुद्ध ‘नो नट अगेन’ को अभियानै सुरु भएको हो कि ?

केही मान्छेहरूले भन्ने गरेका छन, नो नट अगेन रे। कुनै पार्टी वा नेताले इतिहासमा गरेको योगदानको अपमान हुने गरी जुन प्रचार भइरहेको छ, त्यो न्यायसंगत छैन। विज्ञानसम्मत पनि छैन। मैले सधैं उदाहरण दिने गरेको छु, सत्यमोहन जोशीको। सत्यमोहन जोशीलाई शताब्दी पुरुष भनेर सधैं सम्मान पनि गर्छौ। उहाँले सय वर्षअघि गरेका कामहरूबाट नै ऊर्जा लिन्छौं, प्रेरणा लिन्छौं। किन रु किनभने सबै सय बर्ष पुगेकाबाट ऊर्जा त आउँदैन नि १ सत्यमोहन जोशीबाटै मात्र आयो नि त। किनकी उहाँको योगदान र उहाँको स्पिरिट मुख्य कुरा हो। त्यसैले ‘नो नट अगेन’ होइन। यो परिवर्तन ल्याउन ठूलो त्याग, तपस्या र बलिदान गरेका र फेरि पनि देशलाई केही नयाँ दिन्छौं भन्ने ‘कमिटमेन्ट’ गरेका नेताहरूलाई ‘वान्स अगेन’ पो भन्नुपर्ने हो। सबैलाई एउटै डालोमा हालेर गर्नु भनेको परिवर्तन र जनताप्रतिको अपमान हुन्छ। कतिपयलाई नो नट अगेन भन्न पनि सकिन्छ। तर, कतिपयलाई त ‘वान्स मोर’ भन्नुपर्ने हो।

राजनीतिक परिवर्तनको नेतृत्व गर्ने प्रचण्डको बसाई, लवाइ, खवाइमाथि बारम्वार प्रश्न उठिरहन्छ नि !

मैले समय र परिस्थितिअनुसार आफूलाई ‘एडजष्ट’ गरिराख्या हुन्छु। जनयुद्धका बेला जनताको घरमा बस्दा जति मिठो, अग्र्यानिक खान्थे र जुन स्वादवाला खान्थे, आजभोलि त्यस्तो स्वादवाला छैन। खानेकुरा त आजभोलि त कस्तो न कस्तो १ त्यति इन्ट्रेष्ट पनि नभाको जस्तो हुन्छ। लाउने कुरा गर्दा, जनयुद्धको बेलामा पनि अरूभन्दा सफा भएर राम्रै लगाएर, सजाएरै हिँड्ने गर्थे। जनयुद्धको बेलाको पनि फोटोहरू हेरिराख्नु भएकै छ। बच्चामा बाले नयाँ कपडा ल्याइदिनु भयो भने चट्ट मिलाउने, आइरन गरेर लगाउने गर्थे। अब आजभोलि वरिपरि सेक्युरिटी लिएर हिँड्नुपर्ने बाध्यता छ। यस्ता घरमा बस्नुपर्ने पनि अर्को बाध्यता हो। म त झुप्रामा पनि मज्जाले बस्न सक्छु। तर, विदेशी राजदूत आउँछन्, प्रधानमन्त्री आउँछन्। उनीहरूलाई झुप्रोमा लग्यो भने नाटक गर्‍या जस्तो देखिन्छ। नाटक गर्नु नि भएन।

व्यापारीको घरमै डेरा खोज्नु पर्ने त थिएन होला नि !

व्यापारीको घरमा होइन, जहाँ सबै चिज मिलेको हुन्छ त्यहाँ बस्नुपर्छ। गाडी राख्ने स्पेश चाहियो, खुला ठाउँ पनि चाहियो। त्यस्तैकोमा भेटिन्छ त। अरूकोमा भेटिंदैन ९हाँस्दै०। यस्ता घर भएका कि व्यापारी हुन्छन, कि ठूल्ठूला ब्युरोक्र्याट। केही न केही हुन्छन्। व्यापारीको कुरा आएको हुनाले मैले चितवनमा घर बनाएँ नि त। अब विस्तारै चितवनमा सरौंला।

माओवादीको भागमा ४६ सिट परेको थियो। केही सिट अरुलाई छोड्नुभयो। करिब ४० सिटमा लडेर तेस्रो शक्ति हुन्छौ भन्दै हुनुहुन्छ। फेरि भावी प्रधानमन्त्री प्रचण्ड पनि भन्नुहुन्छ। यो त विरोधाभास भयो नि !

भा, छैन। मैले तेस्रो शक्ति हुन्छौ, भनेकै छैन। मेरो कोसिस त दोस्रो शक्ति हुने भन्नेमा छ। नभए नि, तेस्रो निर्णायक त हुन्छ, हुन्छ। गठबन्धनको रक्षाको लागि जित्ने सिटमा पनि सबैभन्दा धेरै ‘सेक्रिफाइस’ गरेका छौ। माओवादीले सिधै जित्ने सिट पनि गठबन्धनका अरु पार्टनरलाई छोडेका छौं।

सहजै जित्ने सिट पनि छोड्नु भएको छ र ?

सल्यान हामीले जित्ने ‘हन्ड्रेड प्रसेन्ट ग्यारेन्टी’ हो। एकीकृत समाजवादीका प्रकाश ज्वालाका लागि त्यहाँ छोड्यौ। पार्टीमा उहाँको भूमिका र माधवजी९ माधव नेपाल० कै आग्रहमा त्यहाँ त्याग गर्दा नै उचित ठान्यौ। उदयपुर हामीले जितिराख्या ठाउँ हो। हाम्रै भागमा परेको पनि थियो। तर, माधवजीहरूले जगन्नाथ खतिवडालाई ‘एडजष्ट’ गर्नैपर्ने भो भनेपछि उहाँहरूको पार्टी राम्रो बनोस् भनेर त्यहाँ पनि त्याग गरेकै हो। घनश्याम भुसाल उठ्नु भएको रुपेन्देही–१ हाम्रै भागको सिट हो। प्रभु साहको क्षेत्रमा पनि त्यही हो। त्यसैले घनश्याम, प्रभु, जगन्नाथ, प्रकाश सबैलाई मैले आफ्नै ठान्छु। उहाँहरूलाई पनि समेटर लानुपर्नेछ। एमालेभित्रका साथीहरूसँग पनि मेरो लगातार कुरा भइरहेको छ।

माओवादीले जित्ने ठाउँ छोडेको र नजितिने ठाउँ लिएको देखिन्छ, कारण के हो रु त्यसमा पनि प्रधानमन्त्रीको दाबी देखिन्छ ?

मैले प्रधानमन्त्रीको दाबी गरेको छैन। मेरा विरुद्ध अतिरञ्जित प्रचार भएको छ। म नै त्यस्तो नेता हो, जसले पटक–पटक अफर आउँदा पनि प्रधानमन्त्री बन्दिन भनेर छोडेको छु। ०७४ को निर्वाचनपछि त पाँच वर्ष लिखित रूपमा मलाई प्रधानमन्त्रीको अफर आएकै हो नि १ त्यतिबेला मेरै प्रस्तावमा वामगठबन्धन भयो। जनताको अगाडि कम्युनिष्ट एकताको कुरा मैले नै गरेको थिएँ। जति पनि वामपन्थी आन्दोलनका साथीहरू प्रधानमन्त्री भए नि, ति सबै मेरो कारणले भए। अहिले मान्दैनन। आफैं हुँ जस्तो गर्छन। तर यथार्थ कुरा यही हो।

त्यसो भए चुनावपछि प्रधानमन्त्रीमा तपाईको दाबी हुँदैन ?

प्रधानमन्त्रीका लागि म हिरिक्क हुने मान्छे हुँदै होइन। परिवर्तनको रक्षा हुनुपर्‍यो, संविधानको रक्षा हुनुपर्‍यो। गणतन्त्र, संघीयता बच्नुपर्‍यो। आर्थिक विकासतिर देश जानुपर्‍यो। विकास परियोजनातिरै मेरो बढी ध्यान छ। त्यसका निम्ति अवसर आयो भने त म जिम्मेवारी लिन्छु नै।

सरकार परिवर्तनका ठूल्ठूला निर्णयमा चमत्कारै गर्नुभयो। चुनाव पछि त्यस्तो सम्भावना छ कि छैन ?

जतिबेलासम्म यो संविधान र परिवर्तनमाथि चुनौती देखा परिराख्छ, अहिलेकै गठबन्धन अगाडि जान्छ। तर, जुन दिन यो संविधान र परिवर्तनमा संकट छैन भन्ने आउँछ नि, अरू पनि थुप्रै ढोका खुल्न सक्छन्।

फेरि पनि वामगठबन्धनको सम्भावना छ त ?

कम्युनिष्ट आन्दोलनको एकता गर्ने मेरो सपना थियो। विशाल पार्टी बनाउने, अनि मुलुकमा आर्थिक विकासलाई गति दिने। सामाजिक न्याय र समृद्धितिर लैजाने। त्यसैकारण पार्टी एकता र वामगठबन्धनको प्रस्तावक बने। त्यतिबेला संविधानमाथि घात होला भनेर प्रस्ताव गर्‍या त होइन नि १ पार्टी विभाजन गर्नलाई एकता भन्या पनि होइन। तर दुर्घटना भयो।

के कारणले दुर्घटना भयो ?

०७४ को चुनावअघि नै तपाई प्रधानमन्त्री भनेर केपी ओलीलाई मैले नै भन्या हो। पछि उहाँ र म बीच पालोपालो प्रधानमन्त्री हुने सहमति पनि गरेकै हो। केपी ओलीलाई संविधानसभा निर्वाचन होला, गणतन्त्र नेपालमा आइहाल्छ भन्ने विश्वास थिएन। पछि आएर मात्रै मान्नुभएको हो। माओवादीले आँधीहुरी ल्याइदियो, त्यसैले मान्नलाई मानिदिएको हो, मलाई चित्त बुझ्या छैन भनेर उहाँले भन्नुहुन्थ्यो। घटनाक्रमले के देखायो भने उहाँ त कति खेर मौका आउँछ र यो संविधानलाई च्यातौला भनेर ढुकेर बस्नु भएको रहेछ। फेरि पुरानै ठाउँमा मुलुकलाई लैजाऔला भनेर पो आउनुभएको देखियो। त्यतिबेला म पनि पार्टीको अध्यक्ष थिएँ। हेर्दाहेर्दै अर्को अध्यक्ष त संविधान च्यात्न खोज्ने, गणतन्त्र उल्ट्याउन खोज्ने देखेपछि त्यो सहन गर्न सक्ने अवस्था भएन। यो परिवर्तनका मुख्य बाहक हुनुको नाताले मेरो लागि त जीवनमरण (लाइफ एन्ड डेथ) को कुरा भयो नि त। मैले त्यति ठूलो विश्वासघात र धोखा नजिकबाट देख्ने/भोग्ने मौका पाएँ।

वामगठबन्धन छोडेर यसपटक कांग्रेससंग गठबन्धनको मुख्य कारण के हो ?

केपी ओलीले को–को संग गठबन्धन गर्नुभएको छ रु त्यो गठबन्धनका अनुहार हेर्नुभयो भने सिधा राजसंस्था पुनस्र्थापना हुनुपर्छ भन्नेहरू छन। यो त सबैले देखेकै कुरा भयो। मेरो ‘लजिक’ के छ भने यो संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयता समावेशीताको रक्षामा जो उभिन्छ, त्यो प्रगतिशिल हो। उपलब्धिलाई कमजोर पार्ने र जो राजावादीसँग जान्छ, त्यो पश्चगमनकारी हो। त्यो मान्यतामा उभिएर गठबन्धन बन्या हो। अर्को एउटा प्रसंग सुनाउन चाहन्छु– रूस र चीन दुवै कम्युनिष्ट मुलुक। स्टालिनको मृत्यु र खु्रश्चेभको उदयपछि दुवै कम्युनिष्ट मुलुकबीच विचारमा निकै विवाद भयो। खु्रश्चेव र माओत्से तुङ्गबीच विवाद चर्किंदै गएपछि बोर्डरमा सेना खटाउने स्थितिमा पुगे। कुन दिन झडप हुने हो भन्ने त्रास भयो। झडप भइहालेको भए त्यतिबेला रुसले जित्थ्यो। किनकी चीन अहिलेको ठाउँमा पुगिसक्या थिएन। माओले अर्को बाटो अपनाउनुुभयो। उहाँले अमेरिकी राष्ट्रपति निक्सनलाई बेईजिङ बोलाउनुभयो। रातो कार्पेट ओछ्याएर, हात मिलाएर सम्झौता गर्नुभयो। अमेरिका र चीन एकातिर भए। रुसले हमला गर्न सक्ने स्थिती भएन। यो दृष्टिकोणबाट हेर्नुभयो भने केपीजी र मेरोबीच जुन संघर्ष भयो, वैचारिक र राजनीतिक ढंगले। सानो स्केलमा भएपनि घटना त्यस्तै त्यस्तै हो भनेर बुझ्न सकिन्छ।

वाम एकता भंग भएको वा पार्टी फुटेकोमा पछुतो लागेको छ कि छैन ?

बेस्सरी महसुस भएको छ। आफैले प्रस्ताव गरेर गठबन्धन गरेको, जनताले अनुमोदन गरेको, पार्टीका लाखौलाख कार्यकर्ताले खुसीसाथ समर्थन गरेको चिज भत्किदा सबैभन्दा बढी पीडा त प्रस्तावकलाई नै हुन्छ नि १ त्यसैले त्यसलाई बचाउनका लागि प्रधानमन्त्रीमा आधा आधा कार्यकालको सहमति छोंडे। पाँचै वर्ष ओलीलाई प्रधानमन्त्री तपाई खानुहोस्, मलाई पार्टी चलाउन दिनुहोस् भनेकै हो नि १ मैले बचाउन निकै कोशिस गरेको थिएँ।

त्यतिबेला ओलीको लोकप्रियता घटदो थियो। पार्टीभित्र तपाईं र माधव नेपालको बहुमत पनि थियो। पार्टीमा अन्तरसंघर्ष गरेर महाधिवेशनबाट ओलीलाई हटाउने रणनीति लिनुभएको भए पार्टी एकता बच्थ्यो होला नि १

त्यो पनि अपनाइयो। सहमति भयो। तर उहाँ ९ओली० ले सहमति लागु हुन दिनु भएन। अध्यक्ष पनि मै हो, प्रधानमन्त्री पनि मै हो। एक नम्वर अध्यक्ष पनि मै हो भनेर बोल्नुभयो। पार्टी चलाउन प्रचण्डलाई दिने भनेपछि केही महिना त धैर्य लिनुपथ्र्यो नि १ उहाँसँग प्रतिवाद गर्नुभन्दा पार्टी एकता बचाउन मैले केन्द्रिय समितिको बैठक बोलाएँ। राष्ट्रियसभा गृहमा मेरो अध्यक्षतामा पहिलो बैठक बस्यो। त्यो बैठक यति राम्रो भयो कि केपीजी र उहाँको सानो टिम आतंकित भयो। उहाँहरू झस्किनुभयो र खुलेआम गुटबन्दी सुरु गर्नुभयो। अर्को कुरा, हामी बैठक बसिराख्या थियौ, त्यहाँ कुनै प्रस्ताव नै नल्याई संसद विघटनको सिफारिस गर्नुभयो। उहाँले त जसरी पनि निहुँ खोज्ने। हामीलाई बढार्ने बाहेक उहाँको दिमाग अरु केही आउंदै नआउने। यस्तो त मैले कहिल्यै देख्दै देखिन।

चुनावमा सत्ता गठबन्धनको स्थान के हुन्छ होला ?

गठबन्धनको राम्रो बहुमत आउँछ। बहुमत आउनेमा कहीँ कतै दुविधा छैन।

एमाले कुन रूपमा आउँला भन्ने अनुमान गर्नुभएको छ ?

मेरो विश्लेषणमा एमाले तेस्रो शक्ति हुन्छ भन्ने छ। तर, एमालेले अहिले धेरैसँग गठबन्धन गरेको छ। एमाले एउटा शक्ति त रहिरहन्छ।

तपाईंले निर्वाचन क्षेत्र छान्दै, छाड्दै गर्नुभएको छ। अहिले गोरखा पुग्नुको खास कारण के हो नि ?

रोल्पा जनयुद्धको प्रतिक जस्तो बन्यो। काठमाडौं जनआन्दोलनको केन्द्र भयो। दुवै ठाउँबाट लडे भने जनयुद्ध र जनआन्दोलनलाई एकताबद्ध बनाएर संविधान बनाउन सहज माहोल बन्ला भनेर ०६४ मा चुनाव लडेँ। पछि सिरहा गएँ। त्यतिबेला मधेसमा अलगवादको हावा चल्या थियो। मधेसमा कहीँ न कहीँ विद्रोह होला कि भन्ने थियो। कोही न कोही राष्ट्रिय नेताले मधेसका जनतालाई विश्वासमा लिएर चुनावी प्रक्रियामा सहभागी गराएन भने त दुर्घटना पो हुन्छ कि। त्यो दुर्घटना कसले रोक्ने त रु यो परिवर्तन, संविधानसभा, गणतन्त्र ल्याउन मुख्य भूमिका खेलेको नेताको नाताले म नै जानुपर्छ भनेर सिरहा गएँ। मधेसी जनतासंग लव छ मेरो भनेर त्यतिबेला भनेकै हो। साँच्चै जनताले पत्याए पनि मलाई। सबैतिर माहोल बन्यो।

मधेस पहाड हिमाल एक भयो, अनि, प्रचण्डले ठाउँ छोड्यो भन्न मिल्छ रु प्रचण्डलाई त सबैले बधाई दिनुपर्ने हो। राम्रो राम्रो गर्नु भा छ पो भन्नुपर्ने। त्यसपछि चितवन त जानु नै थियो, मेरो गृहजिल्ला। त्यहाँको जनताको आइदेओस् भन्ने चाहना हुनु स्वाभाविकै हो। मैले चितवन छोडेको होइन, गोरखा गएको हुँ। गोरखा जानु पनि अर्थपूर्ण नै छ । जनयुद्धका लागि हतियार संकलनदेखि फौजी तालिमसम्म सम्पूर्ण तयारी गोरखाको शिरानचोकमा भएको थियो।

प्रचण्ड शक्तिशाली, गर्विलो नेता। तर, सिंगल सिंगल भिडन किन हिम्मत आउंदैन ?

सिंगल पनि भिडेकै हो। ०६४ र ०७० मा त सिंगलै हो नि १ ०७४ बाट गठबन्धनको शुरुवात भएको हो। किन भयो रु यसको एउटा कारण छ। संविधानमा जुन मि िश्रत निर्वाचन प्रणालीको व्यवस्था गर्‍यौ नि, मि िश्रत निर्वाचन प्रणालीका कारण एउटै पार्टीको सजिलै बहुमत आउने स्थिती नै छैन। बहुमत आउन ठूलै उथलपुथल हुनैपर्छ। बहुमत बनाउन कसै न कसैसंग मोर्चा बनाउनैपर्ने चुनावी प्रणालीका कारण बाध्यता छ। फेरि संविधानमा गडबड होला भन्ने स्थिती भएपछि संविधान रक्षा गर्ने शक्ति खोज्नुपर्‍यो। खोज्दा नेपाली कांग्रेस भेटियो। त्यस अनुसार गठबन्धन गरिएको हो।

निर्वाचन प्रणालीमा सुधारको खांचो भयो कि ?

हामीले त निर्वाचन प्रणालीमा सुधार गरौ भनेका छौं। यो प्रणालीले भ्रष्टाचार रोक्दैन। स्थिरता पनि ल्याउन दिँदैन। नयाँ प्रणाली बनाईयो भने दलहरू आआफ्नो सिद्धान्तअनुसार जनतामा जान्छन्।

1 नो नट अगेन’ होइन, ‘वान्स मोर अगेन’ भन्नुपर्छ 
2 मलाई त आफू कमजोर भएको लाग्दैन। पोलिटिकल चार्मिङ अलिकति पनि घटेको छैन। 
3 प्रतिस्पर्धाको राजनीतिमा पार्टी साना ठूला भइरहन्छन। नेपालमा माओवादी या प्रचण्ड नै केन्द्रमा छ। सानो भने पनि ठूलो भने पनि। 
4 एकथरि मान्छेहरूलाई अब सिद्धिसक्यो जस्तो लाग्या छ। तर आधारभूत जनताको भावनालाई हेर्दा फ्रस्टेसन आएको छैन। 
5 कुनै पार्टी वा नेताले इतिहासमा गरेको योगदानको अपमान हुने गरी जुन प्रचार भइरहेको छ, त्यो न्यायसंगत छैन। 
6 जनयुद्घका बेला जनताको घरमा बस्दा जति मिठो, अग्र्यानिक खान्थे र जुन स्वादवाला खान्थे, आजभोलि त्यस्तो स्वादवाला छैन। खानेकुरा त आजभोलि त कस्तो न कस्तो १ 
7 व्यापारीको घरमा बस्यो भन्ने कुरा आएको हुनाले मैले चितवनमा घर बनाएँ नि त। अब विस्तारै चितवनमा सरौंला। अन्नपूर्णपोष्टबाट
+ posts

सम्वन्धित समाचार

दोलखामा सत्ता गठबन्धनकै अग्रता

काठमाडौँ । दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायम छ । हालसम्म १६ हजार १ सय...

अपाङ्गता भएका व्यक्तिको अधिकार पहुँच सुनिश्चित गर्नु सबैको दायित्व हो : स्प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अपाङ्गता भएका व्यक्तिको हक अधिकारको संरक्षण र सम्वद्र्धन गर्दै उनीहरूलाई राज्यबाट प्रदान गरिने सेवा सुविधामा सहज र...

ताजा समाचार

दोलखामा सत्ता गठबन्धनकै अग्रता

काठमाडौँ । दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायम छ । हालसम्म १६ हजार १ सय...

अपाङ्गता भएका व्यक्तिको अधिकार पहुँच सुनिश्चित गर्नु सबैको दायित्व हो : स्प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अपाङ्गता भएका व्यक्तिको हक अधिकारको संरक्षण र सम्वद्र्धन गर्दै उनीहरूलाई राज्यबाट प्रदान गरिने सेवा सुविधामा सहज र...

जनप्रतिनिधि चुनेपछि कामको खोजीमा भारततर्फ

काठमाडौँ । प्रतिनिधि र प्रदेशसभा निर्वाचन सकिएसँगै कामको खोजीमा लागि भारत जाने नेपाली नागरिकको सङ्ख्या बढेको छ । पछिल्लो केही दिन यता...

धनुषा दुर्घटना अपडेट : मृतक र घाइतेको नामावलीसहित

काठमाडौँ । धनुषामा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।

३ सय जनालाई एनआइसी एशियाले विश्वकप फुटवल देखाउने

काठमाडौं । एनआईसी एशिया बैकले ३ सय जनालाई विश्वकप फुटवल सिनेमा हलमा देखाउने भएको छ । एन आई सी एशिया बैंकले डिजिटल...