नेपाल र भारत : अन्तरदेशीय प्रसारणलाइन बनाउने सम्झौता

फाईल तस्बिर

काठमाडौँ । नेपाल र भारतले १२० किलोमिटर लामो बुटवल गोरखपुर अन्तरदेशीय प्रसारणलाइन निर्माणको सम्झौता गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका दौराना नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय विद्युत् प्राधिकरणले सम्झौता गरेका हुन् ।

बुटवल गोरखपुर प्रसारणलाइन नेपाल र भारतबीच सञ्चालित दोस्रो अन्तरदेशीय प्रसारणलाइन हुनेछ ।

सम्झौतापत्रमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतीय केन्द्रीय विद्युत् प्राधिकरणबाट अभय चौधरीले हस्ताक्षर गरे ।