कांग्रेसमा राजीनामाको सिलसिला सुरु, पार्टी अध्यक्षले आज राजिनामा प्रस्तुत गर्न सक्ने

New Delhi: Congress President Rahul Gandhi addresses a press conference, at AICC HQ, in New Delhi, Monday, March 25, 2019. Party Spokesperson Randeep Surjewala and party leader KC Venugopal are also seen. (PTI Photo/Kamal Singh)(PTI3_25_2019_000050B)

एजेन्सी– लोकसभा चुनावमा लज्जास्पद हारपछि भारतीय राष्ट्रिय कांग्रेसमा राजीनामाको सिलसिला सुरु भएको छ । उत्तर प्रदेश, ओडिशा र कर्नाटकका तीन शिर्ष कांग्रेस नेताले पार्टी अध्यक्ष राहुल गान्धीलाई आफ्नो राजिनामा पठाएका छन् ।

उत्तर प्रदेशको कुल ८० सिटमा कांग्रेसले केवल रायबरेलीमा मात्र जित हासिल गर्न सक्यो । राहुल गान्धीले समेत अमेठीको सिट बचाउन सकेनन् ।

हारपछि उत्तर प्रदेशका पार्टी अध्यक्ष राज बब्बरले आफ्नो पदबाट राजिनामा दिएका छन् । राज बब्बर आफै पनि फतेपुर सिकरीबाट चुनावी मैदानमा थिए तर उनले भाजपाका प्रत्याशीसँग लगभग पाँच लाख मतले हार भोगे । बब्बरले ट्वीट गर्दै प्रदेशको हारको जिम्मेवारी लिदैं राजीनामा दिइरहेका छन् ।

कर्नाटक राज्यको चुनावी अभियानमा कांग्रेसको नेतृत्व गरेका एचके पाटिलले पनि राजिनामा सुम्पिएका छन् । २८ सिट भएको कर्नाटकमा काग्रेसले जम्मा एक स्थानमा जित हासिल गरेको छ । जबकी दक्षिणका अन्य प्रदेशमा राज्यले निक्कै राम्रो प्रदर्शन गरेको छ ।

यस्तै ओडिशा प्रदेशका कांग्रेस प्रमुख निरन्जन पटनायकले पनि राजिनामा दिएका छन् । ओडिशामा कांग्रेसले जम्मा नौं विधानसभा सिट र एक लोकसभा सिटमा जित प्राप्त गरेको छ । पटनायक आफै दुई विधान सभा सिटमा लडेकोमा दुवैबाट हारे ।

कांग्रेसमा थप राजिनामा आउन सक्ने विश्वास गरिएको छ । आज शनिवार भारतीय कांग्रेस पार्टीका वर्किंग कमिटि(कार्यसमिति) वैठक बस्दैछ । पार्टीको महत्वपूर्ण निर्णय लिने जिम्मेबारी पाएको यस निकायले चुनावी नतिजाको समीक्ष गर्दैछ ।

यसमा पार्टी अध्यक्ष राहुल गान्धीले लोकसभा चुनावमा पार्टीको खराब प्रदर्शनको जिम्मेबारी स्वीकार्दै राजिनामा पेश गर्न सक्छन् । केही नेताको भनाईमा राहुलले राजिनामा पेस गरे पनि त्यसलाई स्वीकार गरिनेछैन ।