इरानी जहाज क्यास्पियन सागरमा डुब्यो

काठमाडौं, साउन । क्यास्पियन सागर नजिक अजरबैजानको लन्कारन बन्दरगाह एक इरानी मालबाहक पानी जहाज डुबेको छ ।

इरानको सरकारी समाचार संस्था आइआरएनएका अनुसार अजरबैजानको स्टेट मेरिटाइम एड्मिनिस्ट्रेसनले इरानी मालबाहक पानी जहाज बन्दरगाह नजिक दुर्घटनामा परेको संकेत प्राप्त भएको बताएको छ ।

सो समाचार संस्थाका अनुसार शबाहाङ नाम गरेको पानी जहाजका चालकले सहयोगका लागि अनुरोध गर्दै भनिरहेका थिए, ‘हामी डुबीरहेका छौँ, हामी डुबिरहेका छौँ ।’

शबाहाङले पानीजहाजले इरानको अञ्जली बन्दरगाहबाट रसियाको मखाच्कलातर्फ टायल ल्याउँदै गरेको अवस्थामा अजरबैजानको अस्तरा बन्दरगाहबाट २३ माइलको क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो ।

शबाहाङ दुर्घटनामा परेसँगै जहाजमा पानी भरिएपछि डुबेको इरानको पोर्ट एन्ड मेरिटाइम अर्गनाइजेसन जलिल इस्लामीले आइआरएनएलाई बताएको छ ।

अझैसम्म जहाजमा फसिरहेका चालकदलका ९ जना सदस्यको सुरक्षित उद्धारका लागि अजर वैजानको दुईवटा हेलिकम्पटर र तट रक्षकहरु उद्धार कार्यमा खटिएका छन् । चालक दलमा सात जना इरानी र दुई जना भारतीय रहेका छन् ।

दुर्घटाको कारण अझैसम्म प्रष्ट हुन सकेको छैन ।