त्रिभुवन विमानस्थलबाट ४ किलो सुन बरामद

काठमाडौं, साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलो अवैध सुनसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

त्रिभुवन विमानस्थलको भन्सार कार्यालयबाट सुनसहित ली निंछी पक्राउ परेका हुन् । हङकङ हुँदै काठमाडौं आएका उनको लगेजमा सुन भेटिएको महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी शैलेश थापा क्षेत्रीले बताए ।