२४ करोड अनुदानमा बनाइदिएको धर्मशाला तीनतारे होटेल चलाउन ठेक्कामा

७ कार्तिक, काठमाडौं । भारत सरकारले २४ करोड अनुदानमा बनाइदिएको धर्मशाला पशुपति क्षेत्र विकास कोषले ठेक्कामा दिएको छ । पशुपति क्षेत्रभित्र रहेको सो धर्मशाला अब तीनतारे होटेलका रूपमा सञ्चालन हुँदै छ ।
नेपालमा होटेलको अभाव भएर धर्मशाला बनेको होइन । सर्वसाधारण तीर्थालु तथा पर्यटक सुलभ दरमा बस्न पाउन् भनेर धर्मशाला बनेको हो । तर, धर्मशाला नै होटेल बनेपछि महँगो पैसा तिर्न सक्नेले मात्र बस्न पाउने भएका छन् ।

बिमस्टेक सम्मेलनमा नेपाल आउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री केपी ओलीलाई धर्मशाला हस्तान्तरण गरेका थिए । तर, करिब एक वर्षको सेरोफेरोमा पशुपति क्षेत्र विकास कोषले धर्मशाला व्यापारीलाई हस्तान्तरण गरेको छ । पशुपति क्षेत्र विकास कोषले धर्मशाला १५ वर्षका लागि बतास समूहको होटेल आनन्दलाई दिएको छ । कोष र बतास समूहबीच धर्मशाला सञ्चालनको सम्झौता भएको छ ।

धर्मशालामा सुलभ दरमा तीर्थालु तथा पर्यटक बस्ने सुुविधा थियो, तर अब महँगो तिर्न सक्ने मात्र बस्न पाउने भएका छन् । १९ रोपनी क्षेत्रफलमा बनेको धर्मशालामा तीन सय ८८ कोठा भएकाले एकैपटक धेरै तीर्थालु बस्न पाउने सुविधा थियो, अब होटेलमा जम्मा ८० विलासी कोठा मात्र हुनेछन् । भव्य कोठा बनाउन अहिले साना कोठा धमाधम भत्काउने काम भइरहेको छ ।

धर्मशाला होटेलमा परिणत भएपछि ‘सुइट’ बनिरहेका छन् । अब त्यस्ता कोठाको शुल्क प्रतिदिन दुई हजार नौ सय रुपैयाँसम्म पर्नेछ । पशुपति गौशाला क्षेत्रमा ‘अट्याच बाथरुम’सहितको कोठा हजार रुपैयाँमा दिने होटेल प्रशस्त छन् । त्यो पनि तिर्न नसक्ने सर्वसाधारणलाई सुविधा दिन धर्मशाला बनाइएको हो । तर, नजिकैका होटेलभन्दा धर्मशालाको बसाइ तीन गुणा बढी हुने भएको नयाँ पत्रिकामा उल्लेख छ ।

+ posts

सम्वन्धित समाचार

एकता नहुने सम्भावना

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नै पार्टी एकतामा बाधक देखिएका छन्। एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने सर्वाेच्च अदालतको...

कांग्रेसमा महाधिवेशनको गर्मी

काठमाडौं । नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनको मिति अनुमोदन भएपछि नेताहरूले भेटघाट र दौडधुपलाई तीव्रता दिएका छन्...

ताजा समाचार

एकता नहुने सम्भावना

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नै पार्टी एकतामा बाधक देखिएका छन्। एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने सर्वाेच्च अदालतको...

कांग्रेसमा महाधिवेशनको गर्मी

काठमाडौं । नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनको मिति अनुमोदन भएपछि नेताहरूले भेटघाट र दौडधुपलाई तीव्रता दिएका छन्...

ओली सत्ता जोगाउन संविधानको विरोधी भए : नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ता जोगाउन संविधानका विरोधी  र...

आँप खान दिने भन्दै बलात्कार गर्ने पक्राउ

जनकपुरधाम । सप्तरीमा आँपको प्रलोभन देखाएर बालिकाको करणी गरेर हत्या गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कश्मिरमा सुरक्षाकर्मीको कारबाहीमा तीन जना विद्रोही मारिए

भारत । भारतको काश्मीरमा सुरक्षाकर्मीले विद्रोहीमाथि कारबाही गरेकाे छ । सो कारबाहीमा परी तीन जना विद्रोहीको मृत्यु भएको छ समाचारहरूमा बताइएको छ...