भ्रष्टाचार विरुद्ध काठमाडौं कांग्रेसले पनि बुझायो ज्ञापनपत्र

काठमाडौ । कोरानाका कारण मौलाएको भ्रष्टाचार तथा आर्थिक अनियमितता विरुद्ध नेपाली कांग्रेसले देशैभरका जिल्ला प्रशासन कार्यालयललाई ज्ञापन पत्र बुझाएको छ । नेपाली कांग्रेसले आफ्ना देशैभरका जिल्ला कार्य समितिहरुलाई दिएको निर्देशन अनुरुप जिल्ला कार्यसमितिले जिल्ला प्रशासनमा पुगेर ज्ञापन पत्र बुझाएका हुन् ।
यसै क्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंले पनि ¥याली सहित जिल्ला प्रशासन कार्यालय बववरमहल पुगेर ज्ञापन पत्र बुझाएको छ ।