नेपालमा कोरोना संक्रमित बढ्दै, आईतवारसम्ममा २६ हजार ६ सय ६० पुगे

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गईरहेको छ । अझ काठमाडौमा भुसको आगो झै सल्किँदैगईरहेको छ कोरोना संक्रमण । काठमाडौ उपत्यकामा मात्र आज ६ सय ४१ जनामा कोरोना सक्रमण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । आइतबार गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ६४१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । हालसम्म संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ ।