बेइजिङमा कडा सुरक्षा प्रावधानसहित सुरु हुन थाल्यो पठनपाठन

काठमाडौँ । चीनमा नयाँ शैक्षिक वर्ष सुरु भएसँगै बेइजिङका क्याम्पस तथा विश्वविद्यालयले घर गएका विद्यार्थीलाई कोभिड–१९ रोकथामका कडा उपायहरू अवलम्बन गर्दै फिर्ता बोलाउन थालेका छन् । नगरपालिका शिक्षा आयोगले उचित सतर्कता अपनाएका विश्वविद्यालयहरूलाई अगस्ट १५ देखि क्रमशः खोल्न अनुमति दिइसकेको छ । अगस्टयता क्याम्पस तथा र विश्वविद्यालयका करिब १ लाख ७० हजारभन्दा बढी विद्यार्थीहरू बेइजिङ फर्किसकेका आयोगले जनाएको छ ।

सोमबारसम्म देशका अन्य भूभागबाट बेइजिङमा प्रतिदिन करिब १० हजारका दरले विद्यार्थीहरू प्रवेश गरेका छन् । सहरका झण्डै आधाभन्दा बढी विद्यार्थी नयाँ सेमेस्टरको पढाइका लागि आइसकेको बताइएको छ । पेकिङ युनिभर्सिटी ९पीकेयू० ले मंगलबार ३३ सय भन्दा बढी विद्यार्थीलाई स्वागत गरेको छ । कोभिड–१९ संक्रमण रोकथाम गर्न भन्दै तत्कालका लागि चीनले विद्यार्थीका अविभावकलाई भने क्याम्पसमा प्रवेश नदिने भएको छ ।

तर विद्यार्थीले भने संक्रमणबारे होसियारी अपनाउँदै क्याम्पसमा प्रवेश पाउने छन् । विश्वविद्यालयले महामारी रोकथाम र नियन्त्रण उपायहरू कार्यान्वयन गरेको छ । विद्यार्थीले क्याम्पसमा फर्किनु अघि न्यूक्लिक एसिड टेस्ट लिन आवश्यक छ । उनीहरूको स्वास्थ्य अवस्था र पञ्जीकरण गर्दा उनीहरूको पूर्व आगमनका बारेमा प्रमाणपत्र प्रस्तुत गर्नुपर्नेछ । एजेन्सी