सुनको मूल्य घट्यो

काठमाडौँ । सुनको मूल्य आज ९मंगलबार० एकैदिन तोलामा १७०० रुपैयाँले घटेको छ । हिजो ९सोमबार० को तुलनामा आज ९मंगलबार० चाँदीको मूल्य पनि तोलामा ९० रुपैयाँले गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ५०० रुपैयाँ तोकेको छ । त्यसैगरी महासंघले तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँ निर्धारण गरेको छ । चाँदीको मूल्य भने प्रतितोला १२३० रुपैयाँमा झरेको छ । सोमबार १३२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य तोलामा ९० रुपैयाँले घटेको हो ।