टिपरले दुईजना किच्यो

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२, गुर्जुधारामा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धादिङको गल्छी घर भइ थापाथली बस्ने २७ वर्षीय अभय लामा र चितवन घर भइ गुर्जुधारा बस्ने २५ सुवास गमाल छन् । महानगरीय प्रहरी प्रभाग चन्द्रगिरीका अनुसार बुधबार राति टिपरले काठमाडौं आयल स्टोर नजिकै बाटो काट्दै गरेका लामा र गमाललाई ठक्कर दिएको थियो । दुबैको घटनास्थलमै मृत्यु भएको हो ।

टिपर र चालक रामचन्द्र थापा प्रहरीको नियन्त्रणमा छन् । चालकले मादक पदार्थ सेवन गरे नगरेको जाँच भइरहेको छ ।