कांग्रेसले आज देशभर प्रदर्शन गर्दै, देउवाको दाउ अर्कै

काठमाडौं । नेपाली काँग्रेसले आज देशभरका वडाहरुमा विरोध प्रदर्शन तथा विरोध सभा आयोजना गर्दैछ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले प्रतिनिधि सभा विघटन गरेपछि काँग्रेस आन्दोलनमा ओर्लिएको हो। कांग्रेस कार्यकर्ताले संसद पुनस्थापनाको माग राख्दै आएका छन् । तर सभापति के गर्ने भन्ने कुरामा प्रष्ट छैनन् । उनी सरकारमा जान पाए गइहाल्ने नभए चुनाव होस् भन्ने चाहना राख्दछन् तर कार्यकर्ताको मनस्थिति अर्कै छ ।

 

आजको विरोध प्रदर्शन ६ हजार ७४३ वडामा हुनेछन्। विरोध सभामा घरघरबाट सहभागिता जनाएर प्रभावकारी बनाउन सभापति शेरबहादुर देउवाले अपिल गरेका छन्। संविधानमा भएको व्यवस्था प्रतिकुलका कार्यमा काँग्रेस एकमत रहेको उल्लेख गर्दै देउवाले असंवैधानिक कदमविरुद्ध एक्यवद्धता प्रकट गर्नसमेत अपिल गरेका छन्।

 

काँग्रेसले पुस १३ गते १६५ प्रतिनिधि सभा क्षेत्रमा, पुस २५ गते ३३० प्रदेश सभा क्षेत्र र माघ ३ गते सबै स्थानीय तहहरुमा विरोध प्रदर्शन तथा विरोध सभा गरी ओली सरकारको कदमको विरोध गरिसकेको थियो ।

सभापति देउवा चुनावमा जाने या प्रतिनीधि सभा पुनूथापनाको माग गर्ने कुरामा प्रष्ट छैनन् तर कांग्रेसका जुझारु कार्यकर्ताहरुको कारण कांग्रेसले विरोध प्रर्शन गरेको हो ।