जुलुसले जनजीवन प्रभावित

बिहानैबाट राजधानीको सम्पुर्ण जनजीवन अस्तव्यस्त

काठमाडौं(प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको असंवैधानिक कदमका बिरुद्ध आन्दोलन गर्दै आएको नेकपा प्रचण्ड–माधव समूहले हिजो काठमाडौंमा शक्ति प्रदर्शन गर्नुका साथै आन्दोलनको आधीबेहेरी सिर्जना गर्यो । त्यसको तयारी स्वरुप उपत्यकाको नौ स्थानबाट नारा जुलुशसहित लाखौ कार्यकता सडकमा उत्रारेको छ ।

जसका कारण बिहानै देखि राजधानीको सम्पुर्ण जनजीवन अस्तव्यस्त बनिरहेको छ । ट्राफिक व्यवस्थापन गर्न प्रहरीहरुलाई हम्मेहम्मे परेको छ ।

रोजागारीका लागि निस्केकाहरु गन्तव्यमा पुग्न पाएका छैनन । सवारी साधनलाई प्रहरीले चक्रपथ भित्र पस्न मनाही गरेको छ । चारैतिरबाट मानिसहरु झण्डासहित सडकमा निस्किएका छन ।

नेकपा प्रचण्ड–माधव नेपाल समुहले आयोजना गरेको यो बिरोध सभामा उपस्थित जनसमुदायको संख्या देखेर प्रधानमन्त्री ओली र उनको समुहमा पनि झस्का पसेको बताइएको छ ।

प्रधानमन्त्री ओलीले आफुले चालेको कदमलाई सामान्य रुपमा दिदैं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको समर्थन लिएर अन्य राजनीतिक दलहरुलाई लडकाउने योजना बुनिरहेका छन ।

आगामी बैशाखमा चुनावको घोषणा गरेपनि चुनाव हुनसक्ने वातावरण छैन । चुनाव त जनता अलमलाउने खेल मात्र भएको बताइन्छ ।

यो कुराको राम्रै हेक्का राखेर सत्तारुढ दल नेकपा ओलीइतर समुहले पुष ५ पछि निरन्तर आन्दोलन गरिरहेको छ । उ बाहेक नेपाली काँग्रेस र जनता समाजबादी पार्टी पनि निरन्तर आन्दोलनमा छ ।

आज काठमाडौंमा हुन लागेको लाखौ मानिस सहभागि आन्दोलनले निरकुंश शासक बन्न खोजेका प्रधानमन्त्री र उनको समुहलाई राम्रै धक्का दिने आंकल हुन थालेको छ ।

यसैबिच, काठमाडौं उपत्यकाका वरिपरिका जिल्लाबाटसमेत कार्यकर्ता उतारेर प्रचण्ड–माधव समूहले राजधानीमा शक्ति प्रदर्शन गर्न लागेको हो । आजको प्रदर्शनमा एक लाख बढी कार्यकर्ता उतार्ने सो समूहले दाबी गरेको छ ।

शुक्रवार बिहानैबाट प्रचण्ड–माधव समूहका कार्यकर्ताहरु सुर्य चिन्ह अंकित झण्डा बोकेर सडकमा निस्की सकेका छन । जसका कारण अहिले उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । काठमाडौं र ललितपुरका बिभिन्न ९ स्थानबाट जुलुस निस्किएकोले पनि काठमाडौं उपत्यकाको जनजीवन कस्कटर बन्दै छ ।

माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका लगायतका स्थानबाट जुलुस निस्किने छन् ।

माइतीघरको जुलुशमा नेताहरु गणेश शाह, गिरिराजमणि पोखरेल, मातृका यादव, लीलामणि पोखरेल, हरिबोल गजुरेल, पेशल खतिवडा लगायतका नेताहरु गरिरहेका छन ।

यता डिल्लीबजार चारखालको जुलुसको नेतृत्व वर्षमान पुन र वेदुराम भुसालले गर्दैछन ।

लैनचौरबाट निस्कने जुलुसको नेतृत्व भीम रावल, शक्तिबहादुर बस्नेत, नन्दकुमार प्रसाईंलगायतका नेताहरुले गर्नेछन् ।

त्रिपुरेश्वरको जुलसमा नेताहरु देवेन्द्र पौडेल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे तथा कुपण्डोलको जुलुसमा कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, नन्दकुमार थापालगायतका नेताहरु गर्ने भएका छन ।

प्रदर्शनी मार्गको जुलुसमा घनश्याम भुसाल र जनार्दन शर्मा रहने छन् भने शान्तिवाटीकाबाट सुरु हुने मजदुरको जुलुसमा नारायणकाजी श्रेष्ठ र योगेश भट्टराई रहने छन् ।

देव गुरुङ, हितमान शाक्य, रामकुमारी झाँक्री र लेखनाथ न्यौपानेले त्रिचन्द्र कलेज अगाडिबाट निस्किने जुलुसको नेतृत्व गर्ने छन् ।

वाल्मीकि क्याम्पसको जुलुसमा अमृत बोहोरा, मुकुन्द न्यौपाने, विष्णुपुकार श्रेष्ठ रहने छन् । जुलुश भृकुटीमण्डपमा आएर सभामा परिणत हुदैंछ ।

बिभिन्न स्थानबाट निस्किने जुलुस रत्नपार्कमा जम्मा भइ मूल जुलुसमा परिणत हुनेछ । सो मूल जुलुस रत्नपार्क, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, सहिदगेट, सुन्धारा, भोटाहिटी, पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठ ९प्रकाश० ले जानकारी दिए ।

जुलुसमा सहभागीहरुलाई पार्टीले तोकेका नारामात्र लगाउन निर्देशन दिइएको छ । प्रचण्ड–माधव समूहले संसद विघटनको असंवैधानिक कदम नसच्चिएसम्म आन्दोलन जारी रहने जनाएको छ ।