९ लाख घुस लिएको आरोप नापी अधिकृत सहित ३ जना विरुद्ध मुद्दा दायर

काठमाडौं । सरकारी जग्गालाई व्यक्तिको नाममा कित्ताकाट गरी क्षेत्रफल बढाउने नापी कार्यालय रुपन्देहीका तात्कालिन नापी अधिकृत घनश्याम दुवे सहित ३ जनलाई ९ लाख ८३ हजार ७ सय रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोही बमोजिम मागदावी गर्दै मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार नापी कार्यालय रुपन्देहीका तात्कालिन नापी अधिकृत दुवे, सर्वेक्षक राराज यादव तथा जग्गा धनि कल्पना ज्ञवाली र माधव न्यौपानेको समेतलाई मुद्धा दायर गरेको हो ।

हालका जग्गाधनीहरु कल्पना ज्ञवाली र माधव न्यौपानेको हकमा सरकारी सार्वजनिक जग्गा आआफ्नो नाममा गराउन कुनै कसुरजन्य कार्य गरेको नभई गैरकानूनी रुपमा अन्य व्यक्तिको नाममा कायम भएको जग्गा आफ्नो नाममा खरिद गरेको देखिएकोले निजहरुको नाममा देखिएको जग्गा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) र दफा ४७ बमोजिम जग्गा जफत गरी नेपाल सरकारको नाममा कायम गर्ने प्रयोजनका लागि मात्र मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।