ग्वार्को तरकारी बजारमा कुमारीको क्यूआर कोडबाट भुक्तानी सेवा

काठमाडौं । कुमारी बैंकले ललितपुरको ग्वार्को तरकारी तथा फलफूल बजारमा क्यूआर कोडबाट भुक्तानी गर्ने व्यवस्था गरेको छ । बैंकले मोबाइल फोनबाट सहज र सुरक्षित भुक्तानी सेवा सुनिश्चित गरेको हो ।

ललितपुर महानगरपालिकाका मेयर चिरबाबु महर्जन र कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले क्यूआर स्ट्यान्ड तरकारी व्यवसायीलाई हस्तान्तरण गरेका छन् ।

मुलुकलाई डिजिलाइजेसनमा लैजान कुमाारीले तरकारी बजारमा क्यूआर कोडबाट भुक्तानी सेवा बिस्तार गरेको हो ।