अदालतलाई तथानाम गर्दै ईश्वर पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री एवं नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले न्यायाधीशहरूलाई संसद विघटन मुद्दामा आफ्नो समूहलाई साथ नदिएको भन्दै काउन्टर अट्याक दिँदै धम्क्याईरहेका छन् । अदालतका न्यायधीश भन्दा ठूलो फैसला दिने न्यायाधीश जनता हुन् भन्दै उनले न्यायाधीशहरुलाई ललकार्ने काम गरेका छन् ।

आफूहरू जनताले गर्ने फैसलाको प्रतीक्षामा रहेकोुमेत पोखरेलको दाबी छ । उनले अझै अगाडि सर्वोच्च अदालतको फैसलाले मुलुकलाई दुर्भाग्यतिर लैजाने समेत बताएका छन् । यसरी उनले कानुनी राजको धज्जी उडाएका हुन् ।

‘सबैभन्दा ठूलो फैसला दिने न्यायाधीश सर्वोच्चका न्यायाधीशहरू होइनन् र हुन सक्दैनन्, सबैभन्दा ठूलो फैसला दिने न्यायाधीश भनेका जनता हुन्’, उनले भने, ‘हामीले भनेका छौं, तिम्रो फैसलाले यो मुलुक जुन दुर्भाग्यतिर जान लाग्दै थियो, त्यही दुर्भाग्यतिर जानका लागि प्रेरित गरेको छ।’ उनले यसो भन्दै न्यायाधीश र अदालतलाई ललकार्ने काम गरेका छन् । यो ललकारलाई अदालतले आफ्नो अपमान मान्छ या मान्दैन त्यो त समयले बताउला ।