३३ किलो सुन काण्डका भोजराज भण्डारी पक्राउ

काठमाडौं ।३३ किलो सुन काण्ड ओली सरकारको पालामा खुबै चर्चामा रह्यो । नयां सरकार बनेपछि सानो भुरा भने पनि समातिएका छन् । ३३ किलो सुन काण्डका फरार ‘भोजे मामा’ भन्ने भोजराज भण्डारी पक्राउ परेका छन् ।

मोरङको गौरदर नगरपालिका-८ बस्ने भण्डारीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । ‘हामीले फरार प्रतिवादीहरूलाई खोजीका क्रममा सुन काण्डमा संलग्न एक फरार प्रतिवादीलाई पक्राउ गरेका छौं,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले भने।

सुन चोरीपैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण  तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दाका फरार ‘भोजे मामा’ लाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । उनीमाथि  आपराधिक समूह स्थापना र सञ्चालन गरी अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दा छ । 

उक्त सुन तस्करी प्रकरणका मुख्य अभियुक्त गोरे भनेर चिनिने चूडामणि उप्रेती पक्राउ परेसँगै यो घटनामा धेरै जना मुछिएका थिए ।प्रहरीले ६३ जनाविरुद्ध मुद्दा चलाएको थियो । यसका मुख्य अभियुक्त गोरे अहिले पनि जेलमा छन् ।

२०७४ फागुन ९ गते दुबईबाट तस्करी भएको साढे ३३ किलो सुन गायब भएको थियो । यस घटनामा भरियाको भूमिका खेलेका सनम शाक्यको अपहरणपछि हत्या भएको थियो । जुन सुन प्रहरीले अहिलेसम्म पनि पत्ता लगाउन सकेको छैन । उक्त घटनामा भण्डारीको पनि संलग्नता रहेको पाइएको थियो । तर, उनी फरार थिए ।

+ posts

सम्वन्धित समाचार

इन्दिरा जोशीले रोजिन् मारवाडी केटा

काठमाडौं । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । बिहीबारदेखि सुरु भएको माउन्ट एभरेस्ट फेसन रनवेमा...

जब ओली र प्रचण्डले एकअर्कालाई विष बमन गर्न थाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले र सत्ता गठबन्धनमा सहभागी माओवादी केन्द्र आगामी निर्वाचनबारे चिन्तित हुन थालेका छन्। आगामी फागुनमा स्थानीय तह...

ताजा समाचार

इन्दिरा जोशीले रोजिन् मारवाडी केटा

काठमाडौं । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । बिहीबारदेखि सुरु भएको माउन्ट एभरेस्ट फेसन रनवेमा...

जब ओली र प्रचण्डले एकअर्कालाई विष बमन गर्न थाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले र सत्ता गठबन्धनमा सहभागी माओवादी केन्द्र आगामी निर्वाचनबारे चिन्तित हुन थालेका छन्। आगामी फागुनमा स्थानीय तह...

२७ बुँदे स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय खोल्न पाइने

काठमाडौं। महानगरभित्र विद्यालय सञ्चालन गर्न चाहनेले २७ बुँदे स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भएको छ । महानगरपालिकाले बिहीबार जानकारी गराए...

ईपीएल खेल्न शाहिद अफ्रिदी नेपालमा

काठमाडौं । विश्वचर्चित पाकिस्तान क्रिकेटर शाहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्न बिहीबार नेपाल आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिक्रिया दिँदै उनले...

म्याद गुज्रेका खाद्य सामग्री र औषधि बिक्री गरे कारबाही : गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले चाडपर्वका बेला म्याद गुज्रेका खाद्यसामग्री र औषधि बिक्री वितरण गरेको पाइएमा कानुन अनुरुप अगाडि बढ्न बाध्य हुने...