कोशी राजमार्गबाट २२७ किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौँ । सुनसरीको धरान उपमहानगरपालिका–१३ शिवधारास्थित कोशी राजमार्गबाट २ सय २७ किलो ४ सय ग्राम गाँजसहित २ जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा ट्रक चालक धनकुटाको छथर जोरपाटी गाउँपालिका–६ बस्ने ३४ वर्षीय चन्द्र थापा क्षेत्री र सहचालक तेह्रथुम जिल्लाको छथर गाउँपालिका–२ बस्ने २८ वर्षीय चूडामणि कटुवाल रहेका छन् ।

धनकुटाबाट इँटहरितर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९४८९ नम्बरको ट्रकमा ८ वटा पोकामा लैजाँदै गरेको उक्त परिमाणको गाँजासहित २ जनालाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश धरानले नियन्त्रणमा लिएको हो ।

उनीहरूको साथबाट ६० हजार नेपाली रुपियाँ, चार वटा मोबाइल सेट, बाटोको इजाजत पत्र र सवारी दर्ता प्रमाणपत्र समेत बरामद भएको सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिएका छन ।

नियन्त्रणमा लिइएका उनीहरूलाई ट्रक, गाँजा र बरामद सामाग्रीसहित आवश्यक कारबाहीका लागी इलाका प्रहरी कार्यालय धरानमा बुझाइएको छ ।