भक्तपुरमा आगलागी हुँदा जलेर १ जनाको मृत्य

काठमाडौँ । भक्तपुरमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ । आगलागीबाट एक जनाको उद्धार गरिएको छ ।

भक्तपुरको मध्यपुरथिमी नगरपालिका वडा नम्बर ६ राईटोल माथिल्लो कुण्डोलका ४९ वर्षका आत्माराम केसी र ४१ वर्षका हरिशरण केसीको इट्टा र काठले बनेको तीन तले घरमा बिहान आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।

आगलागीका कारण घरभित्र रहेकी आत्माराम केसीकी २५ वर्षकी छोरी अस्मिताको ज्यान गएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

अस्मिता सुस्त मनस्थिति र प्यारालाइसिसबाट पीडित थिइन् । यस्तै, आगलागीबाट घाइते भएकी हरिशरण केसीकी १४ वर्षकी छोरी नित्माको भने कोरियन अस्पतालमा उपचार भइ डिस्चार्ज भइसकेको प्रहरीले जानकारी दिएको छ ।

बिहान पौने ८ बजे लागेको आगो प्रहरी, नेपाली सेना र स्थानीयबासिन्दाको सहयोगमा झण्डै ९ बजे निभ्याइएको थियो । प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।

+ posts

सम्वन्धित समाचार

दोलखामा सत्ता गठबन्धनकै अग्रता

काठमाडौँ । दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायम छ । हालसम्म १६ हजार १ सय...

अपाङ्गता भएका व्यक्तिको अधिकार पहुँच सुनिश्चित गर्नु सबैको दायित्व हो : स्प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अपाङ्गता भएका व्यक्तिको हक अधिकारको संरक्षण र सम्वद्र्धन गर्दै उनीहरूलाई राज्यबाट प्रदान गरिने सेवा सुविधामा सहज र...

ताजा समाचार

जनप्रतिनिधि चुनेपछि कामको खोजीमा भारततर्फ

काठमाडौँ । प्रतिनिधि र प्रदेशसभा निर्वाचन सकिएसँगै कामको खोजीमा लागि भारत जाने नेपाली नागरिकको सङ्ख्या बढेको छ । पछिल्लो केही दिन यता...

धनुषा दुर्घटना अपडेट : मृतक र घाइतेको नामावलीसहित

काठमाडौँ । धनुषामा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।

३ सय जनालाई एनआइसी एशियाले विश्वकप फुटवल देखाउने

काठमाडौं । एनआईसी एशिया बैकले ३ सय जनालाई विश्वकप फुटवल सिनेमा हलमा देखाउने भएको छ । एन आई सी एशिया बैंकले डिजिटल...