कसले मगायो १५ हजार फर्जी मतपत्र ?

काठमाडौँ । नेपाल प्रहरीले भारतबाट अवैध रुपमा भित्र्याइएको ठूलो परिमाणको फर्जी मतपत्रसहित एक भारतीय नागारीकलाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहारको नरकटिया ग्राम पञ्चायत वडा नम्बर १४ घर भएका ४० वर्षीय इजाजत अहमद रहेका छन् ।

भारतसँग सीमा जोडिएको पर्साको जानकीटोला नाकाबाट भित्र्याउँदै गरेको १५ हजार थान फर्जी मतपत्रसहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।

मङगलबार भारत बिहारबाट बीआर २२ डब्लु ८००२ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा नमूना मतपत्र बोकेर जानकीटोला नाका हुँदै छिरेका अहमदलाई जानकीटोला नाकामा खटिएको प्रहरीले पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए ।

प्रनाउ गिरीले भने, ‘कुन दल वा कुन उम्मेदवारको लागि अहमदले त्यति धेरै मतपत्र भारतबाट ल्याएका हुन् ? यस बारे केही खुल्न सकेको छैन , अनुसन्धान जारी छ ।

अवैध रुपमा भित्र्याइएको मतपत्रसहित पक्राउ परेका अहमदलाई कुन ऐन अन्तर्गत कारबाही प्रकृया अगाडि बढाउने विषयमा प्रमुख जिल्ला अधिकारी र प्रमुख निर्वाचन अधिकृतसँग समन्वय भइरहेको पनि गिरिले जानकारी दिए ।

प्रहरीले अहमदका साथबाट बरामद गरेको मतपत्रमा नेपाली कांग्रेसको चुनाव चिह्न रुखबाहेक अन्य सबै दलको चुनाव चिह्न रहेकाले ती मतपत्रहरु पर्सा क्षेत्र नम्बर ४ का नेकपा एमाले र जसपाका उम्मेदवारहरुले मगाएको हुन सक्ने नेपाली कांग्रेसका युवा नेता राकेश यादवले बताए।

नेपालमा मंसिर ४ मा हुन गइरहेको निर्वाचनका लागि भारतमा छापिएको नमूना मतपत्र गैरकानूनी रुपमा नेपालमा भित्र्याउँदै गरेको अवस्थामा पक्राउ परेका अहमदलाई इलाका प्रहरी कार्यालय पोखरीयाको हिरासतमा राखिएको गिरीले बताए ।

+ posts

सम्वन्धित समाचार

महानगरसँग विवाद पसल नै बन्द गरेर विरोधमा व्यवसायीहरू

काठमाडौँ । सवारीको पार्किङको विषयमा काठमाडौँ महानगरपालिकासँग विवाद हुँदा बागबजारका व्यवसायीहरूले पसल नै बन्द गरेर विरोध गरेका छन् । काठमाडौँ महानगरले मोटरसाइकल...

चेतन अयडीको हत्याको आरोपमा वडाध्यक्ष पक्राउ

काठमाडौँ । चेतन अयडीको हत्या गरेको आरोपमा त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष जुद्धबहादुर अयडी पक्राउ परेका छन् । मृतकका परिवारले...

ताजा समाचार

महानगरसँग विवाद पसल नै बन्द गरेर विरोधमा व्यवसायीहरू

काठमाडौँ । सवारीको पार्किङको विषयमा काठमाडौँ महानगरपालिकासँग विवाद हुँदा बागबजारका व्यवसायीहरूले पसल नै बन्द गरेर विरोध गरेका छन् । काठमाडौँ महानगरले मोटरसाइकल...

चेतन अयडीको हत्याको आरोपमा वडाध्यक्ष पक्राउ

काठमाडौँ । चेतन अयडीको हत्या गरेको आरोपमा त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष जुद्धबहादुर अयडी पक्राउ परेका छन् । मृतकका परिवारले...

भन्सार छलेर चुरोट र गुट्खा ल्याउने विरुद्ध मुद्दा

काठमाडौँ । राजश्व अनुसन्धान विभागले विदेशबाट भन्सार छलेर चुरोट र गुट्खा ल्याउने विरुद्ध उच्च अदालतमा मुद्दा दायर गरेको छ ।

सैनिकको कारवाहीमा दुई प्यालेस्टाइनीको मृत्यु

काठमाडौँ । बिहीबार इजरायली सेनाले गरेको कारवाहीमा एक विद्रोही नेतासहित २ जना प्यालेस्टाइनी मारिएका छन् । वेस्ट बैंकको गिरफ्तारीमा छापा मार्ने क्रममा...

विश्व एड्स दिवस : ८४ प्रतिशतले एचआइभी सङ्क्रमणमा कमि

काठमाडौँ । नेपालमा सन् २००० को तुलनामा एचआइभीको नयाँ सङ्क्रमण ८४ प्रतिशतले घटेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय एड्स...