नेताका दैलो चाहार्दै फातिमा

काठमाडौं । नेपाल भ्रमणमा रहेको एमसीसीको टोलीले आज जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय परिषद अध्यक्ष उपेन्द्र यादवसँग भेट गरेको छ ।

एमसीसी उपाध्यक्ष फतिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले नेताद्वयलाई भेटेका हुन् ।

यादव र भट्टराईले एमसीसी प्रतिनिधिमण्डललाई प्रमुख दलहरुबीच सहमति गरेर आवश्यक निर्णय गरिने बताएका थिए ।

सुमार नेतृत्वको एमसीसी टोलीले आज एमाले अध्यक्ष केपी ओली र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई भेटघाट गरेका थिए ।