एमसीसीका विषयमा सीके राउत तटस्थ

जनकपुरधाम । एमसीसी पारित गर्ने/नगर्ने विषयमा राजनीतिक दलहरु ध्रुवीकरण भइरहेको बेला जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउत तटस्थ बसेका छन् ।

एमसीसी विषयमा आफूले बोलेर केहि नहुने अध्यक्ष डा. राउत बताउँछन् । उनले भने, ‘निर्णय गर्ने अधिकार संसदमा बस्ने मान्छेहरुको हो । हामीले बोलेर के हुन्छ ? इनर्जी लगाउनु पनि टाइम पास मात्र हुनेछ ।’

‘एमसीसी हाम्रो मुद्दा होइन’, डा. राउतले भने, ‘हामीले उठाउनुपर्ने हजारौं मुद्दा छन् । ती मुद्दाहरुको विषयमा त बोलिरहेकै छौं । अरुको मुद्दामा बोलेर फाइदा छैन ।’ सरकारले हामीसँग आधिकारिक सुझाव माग्यो भने दिन्छौं– उनले थपे