प्रधानन्यायाधीशका जेठान हमाल उद्योगमन्त्री !

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । नयाँ सरकार गठनको ८८ दिनपछि देउवाले सरकारलाई पूर्णता दिएका हुन्। 

आज देउवाले मन्त्री र राज्यमन्त्री गरी १८ जना सदस्य मन्त्रिमण्डलमा थप गरेका छन् ।  तर यति बेला मन्त्री बनेका १८ जनामध्ये गजेन्द्र हमालको चर्चा चुलिएको छ ।

केही दिन अघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मन्त्रीपरिषद्मा आफ्नो कोटा मागेको समाचारले चर्चा पायो, जसमा जबराले गजेन्द्र हमाललाई मन्त्री बनाउन प्रस्ताव गरेको कुरा खुल्न आएको थियो । 

आज तिनै हमाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनेका छन् । नाताले गजेन्द्र हमाल प्रधानन्यायाधीश जबराका जेठान हुन् ।