वन तस्करीको आरोपी र जग्गा प्लटिङ्गका व्यवसायी पनि मन्त्री बनेपछि

काठमाडौं । शेरबहादुर देउवाको नेतृत्वको मन्त्रीमण्डलमा नेकपा (समाजवादी) बाट वन तस्करीको आरोप लागेका एवं ओली नेतृत्वको सरकारका पालामा पनि विभिन्न आरोप खेपेका आले र तनहुँका नामुद जग्गा व्यापारीको छवि बनाएका कृष्णकुमार श्रेष्ठ (किसान) पनि मन्त्री भएपछि वर्तमान सरकार पनि पुरानो रक्सी नयाँ बोतल जस्तै देखिएको छ ।

मन्त्री हुनका लागि जे पनि गर्न तयार हुने प्रेम आले पदका लागि जे पनि गर्न सक्ने व्यक्ति हुन । भने तनहुँमा जग्गा कारोबारबाट फस्टाएर व्यास नगरपालिकामा एउटा वडा नै आफ्नै बनाउन सफल भएका कृष्ण कुमार श्रेष्ठबाट नेकपा समाजवादीले मुलुकको विकास गर्ला भन्ने सोच्नु हाँस्यास्पद मात्र हुने छ ।

युवाको मुटुमा बस्न सफल भएकी रामकुमार झाँक्रीलाई भने मन्त्री बन्नु भन्दा नबन्नु नै ठिक थियो । अहिले निकै चुनौतीको समयमा मन्त्री बनेकी झाँक्रीलाई आफ्नो कार्यकालमा काम गरेर देखाउन भने मु्श्किल नै पर्ने देखिन्छ ।