लागुऔषध इन्जेक्सनसहित दुई भारतीय नागरिक समातिए

वीरगञ्ज । भारतीय नागरिक हमेसा नेपालमा गैरकानुनी कार्य गरी पक्राउ परिरहेका हुन्छन् । १८ सय थान लागुऔषध इन्जेक्सनसहित प्रहरीले बाराबाट दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीले लागुऔषधसहित भारत बिहार पूर्वी चम्पारण मोतीहारी सिसुवा बस्ने २९ वर्षीय मुन्ना कुमार र ३५ वर्षीय मुनिलाल कुमारलाई पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरी टोलीले बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ स्थित वीरगञ्ज–पथलैया सडकखण्डमा चेकजाँच गर्ने क्रममा दुवै जनालाई लागुऔषधसहित पक्राउ गरेको हो।

वीरगञ्जबाट काठमाडौँ जान आएको ना.६ ख ६३७७ नम्बरको यात्रुवाहक बसमा चेकजाँच गर्ने क्रममा डस्नाभित्र लुकाई ल्याइएको लागुऔषध डाइजेपाम ६ सय पिस, फेनारगन ६ सय र नुर्फिम ६ सय गरी १८ सय थान लागुऔषध बरामद गरिएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।