नेपाल स्थित राजदूतावासले पठायो दशैको शुभकामना : सम्पादकहरुलाई रक्सी उपहार

काठमाडौं । यतिखेर नेपालीहरुको महान चाड दशैं भव्य रुपमा देशभर मनाईरहेका छौं । करीव एकसाता लामो सार्वजनिक विदा सरकारले दिएको छ । विगतमा फूलपातीदेखि पूर्णिमाका दिनसम्म सार्वजनिक विदा दिन गरिएको भएपनि पछिल्लो समयमा एकादशीसम्म मात्र सार्वजनिक विदा दिने गरिएको छ।

वडा दशैं नेपालीहरुले मात्र होइन नेपालस्थित विदेशी राजदूतहरुले पनि मनाएको जस्तो गरेका छन् । कतिपय राजदूतहरुले त दशैंको टिका नै लगाए । त्यस मध्ये पनि नेपालस्थित अमेरिकी राजदूतावासले ने मिसन कार्यालयमा टिका ग्रहण नै गरेका थिए । राजदूत रेन्डी वेरीले हिन्दू धर्मलाई स्वीकार गर्दै आफूले विगतदेखि दशैं मान्दै आईरहेको भन्दै नेपालीहरुलाई शुभकाना दिँदै टिका ग्रहण नै गरेका छन् ।

फरक धर्ममा विश्वास गर्ने अमेरिकन राजदूतले नेपालीहरुको महान चाड दशैंमा टीका ग्रहण गर्नुलाई सकारात्मक नै लिइएको छ । यसले अरु राजदूतहरुलाई पनि नेपालको चाडपर्व मनाउनका लागि बाटो खुलाईदिएको भन्ने तर्क पनि कतिपयले राख्ने गरेका छन् ।

त्यस्तै नेपालका लागि चीनियाँ राजदूत हउ यान्छीले भने आफूले टीका ग्रहण नगरेपनि दूतावासका कार्यरत कर्मचारीहरुलाई भने टीका लगाईदिएकी छिन् ।

प्रसँग टीकाग्रहणको भएपनि नेपाल स्थित विभिन्न राजदूतावासहरुले भने नेपाली सञ्चार माध्यमहरुलाई उपहार भन्दै सम्पादकहरुको नाममा विदेशी रक्सी उपहार पठाएका छन् । आफूलाई ठूला मिडियाको सम्पादक भन्नेहरुले विभिन्न दूतावासले पठाएको एक बोतल रक्सी उपहार हस्ताक्षर नै गरेर बुझेका छन् । नेपालमा चलनचल्तीमा रहेका अधिकांश सम्पादकहरुले विभिन्न दूतावासले पठाएको रक्सीको बोतल हस्ताक्षर सहित बुझ्नुलाई भने दूतावासले सम्पादकहरु यसैगरी रक्सीकै भरमा खरिद गर्ने गरेको आरोप लाग्ने गरेको छ ।

हुन त नेपालमा सञ्चालनमा रहेका दुई दर्जनभन्दा बढी सञ्चार माध्यमहरु कुनै न कुनै दूतावास नजिक रहेर मासिक रकम नै भुक्तानी लिने गरेको प्रमाणहरु नै छन् । जसरी गैरसरकारी संस्थाहरुलाई विगतमा आयोजनाका माध्यमबाट आफू अनुकूल प्रचार प्रसार गर्न लगाईन्थ्यो, अहिले सञ्चार माध्यमहरुलाई त्यही कान गर्न लगाइएको देखिन्छ ।
रक्सीको बोतल र मासिक हण्डी बुझ्ने सम्पादक र सञ्चार माध्यमबाट राष्ट्र, राष्ट्रियता र माटाको पक्षमा वकालत गर्लान् भन्नु नै नेपालीहरुका लागि दूर्भाग्य भएको छ ।