काठमाडौं । सरकारले निजामती कर्मचारीलाई दिने सेवा सुविधाको मापदण्ड बनाएको भएपनि त्यस्तो सुविधा मापदण्ड विपरित प्रयोग गर्ने गरिएको पाईन्छ । सरकारले सचिव, सहसचिवलाई सरकारी सवारी उपलब्ध गराउँदै आईरहेको छ भने कतिपय उपसचिवहरुको जिम्मेवारी अनुसार पनि सरकारी सवारी दिँदै आएको छ । सरकारी कर्मचारीहरुले सरकारी सवारी सञ्चालन गर्ने समय पनि नतोकिएको भने होइन तर त्यस्तो नियमलाई कर्मचारीहरुले धोती लगाईदिने गरेका छन् ।
अत्यावश्यक काम बाहेक सार्वजनिक विदाका दिन सरकारी सवारी सञ्चालन गर्न पाईँदैन । यदि सार्वजनिक विदाका दिन सरकारी सवारी सञ्चालन गर्नु पर्ने अवस्थामा आएमा जिल्लामा सिडियो, र संघ वा प्रदेशमा भने सचिवले नै सवारी अनुमति पत्रमा सवारी चलाउनु पर्ने कारण खुलाएर अनुमति पत्र दिने व्यवस्था छ । त्यो भए दशैको विदाका दिन टीका लगाउन जाँदा होस् वा मठमन्दिर घुम्न जानका लागि सरकारी सवारी प्रयोग गर्ने गरेको देखिन्छ ।
जनताले तिरेको करबाट कर्मचारीहरुको लागि सुविधा उपलब्ध गराएको भएपनि ती सुविधा कार्यालयको कामका लागि हो व्यक्तिगत प्रयोजनका लागि हुँदै होइन । यद्यपी सरकारी सवारी साधन कर्मचारीले पूर्ण रुपमा नै व्यक्तिगत प्रयोजनका लागि प्रयोग गरिरहेको देख्न सकिन्छ । जुन आज दशैंको टीकाको दिन पनि प्रशस्त सरकारी सवारी साधन सडकमा गुडिरहेको देखियो । कसले किन चढ्यो भन्ने भन्दा पनि दर्शैको टीकाका दिन प्रयोग गरिएका सरकारी सवारी साधनहरु व्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्न स्वीकृत दिने अधिकारीलाई कार्वाही हुन्छ कि हुँदैन भन्ने नै हो ।
सरकारले तलव, भक्ता, सवै प्रकारका सुविधा दिँदै आईरहेको भएपनि कमिशनमा रमाएर देशको ढुकुटी लुटिरहेका कर्मचारीहरुलाई सार्वजनिक विदाका दिन सरकारी सवारी साधन प्रयोग गर्न रोक लगाउनु पर्दछ भन्ने नै हो । आज दशैंको टीकाका दिन जसरी सरकारी सवारी प्रयोग भएको देखियो ती सरकारी सवारी साधनको दुरुपयोग रोक्न तर्फ सम्वन्धित सरोकारवाला निकायको ध्यान जाओस् । जनताले तिरेको करमा मस्त गर्न कार्य वन्द गरियोस् ।
Add Comment