विराटनगर विमास्थलमा बाढी पसेपछि सवै उडान रद्द

विराटनगर । आईतबारदेखि निरन्तर परेको वर्षाका कारण मुलुकभरको जीवन अस्तव्यस्त बनाएको छ । बर्षाका कारण बाढी पहिलोले बस्ति डुवानमा मात्र परेका छैनन् ्रधान खेत डुवानमा परेको छ । जसले किसानहरु प्रत्यक्ष मारमा परेका छन् भने विराटनगरको विमानस्थल पनि डुवानमा परेको । विराटनगर स्थित विमानस्थलमा बाढी पसेपछि विराटनगर विमास्थल वन्द गरिएको छ भने सम्पूर्ण उडान वन्द गरिएको छ । विराटनगरको केसलीया खोलामा आएको बाढी आज विहान विराटनगर विमानस्थलमा पसेको हो ।

विमानस्थलको रनवे र पार्किङ एरिया जलमग्न भएको विमानस्थल प्रमुख उत्सव खरेलले बताएका छन् । । खरेलका अनुसार बाढीका कारण उडान प्रभावित भएको छ । उनका अनुसार क्वाटरमा पनि बाढी पस्ने जोखिम छ ।