शाहरुख खानको घरमा एनसीबीको छापा

भारत । नारकोटिक्स कन्ट्रोल व्युरो (एनसीबी) ले बिहीबार बलिउड अभिनेता शाहरुख खानको घरमा छापा मारेको छ।

एनसीबीले शाहरुख खानको घरमा छापा मार्नुअघि अनन्या पाण्डेको घरमा छापा मारेको थियो। अनन्या पाण्डे अभिनेता चंकी पाण्डेकी छोरी हुन्।

भारतीय सञ्चारमाध्यमका अनुसार शाहरुख खान आफ्नो घरमै छन्। लागूऔषध मुद्दामा जमानत माग खारेजपछि शाहरुख छोरा आर्यनलाई भेट्न मुम्बईको आर्थर रोड जेल पुगेका थिए। शाहरुख खान र उनका छोरा आर्यनबीच १८ मिनेट भेटघाट भएको थियो। तर जेल प्रशासनको नियमअनुसार १० मिनेटमात्र भेट्न पाइन्छ।

खानका छोरा हिरासतमा रहेको बेला घरमा छापा पर्नुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

जमानत दिन मुम्बईको एनडीपीएस अदालतले अस्वीकार गरेपछि आर्यनलाई मुम्बईको अर्थर रोड जेलमा राखिएको छ।