एमसीसीको विषयमा भ्रममा नपर्न नारायणकाजी श्रेष्ठको आग्रह

काठमाडौँ । पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसीको विषयमा भ्रममा नपर्नआग्रह गरेका छन् । एमसीसी परियोजनाका बारेमा आफ्नो पार्टी निकै नै सर्तक रहेको भन्दै उनले सामाजिक सञ्‍जाल ट्‍वीटरमार्फत नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाभिमान एवं राष्ट्रिय हित विपरितका प्रावधानहरू नसच्याई यथास्थितिमा एमसीसी परियोजना नेपालले स्वीकार गर्न नसक्‍ने बताएका छन् ।

ुनेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाभिमान एवं राष्ट्रिय हित विपरितका प्रावधानहरू नसच्याई यथास्थितिमा एमसीसी परियोजना नेपालले स्वीकार गर्न सक्दैन र संसद्‌बाट पारित गर्न सकिन्‍नु नेता श्रेष्ठले ट्‍वीट गरेका छन् ,यो नै हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र)को आधिकारिक निर्णय र धारणा भएकोले कुनै भ्रममा नपर्न आग्रह गरेका हुन् ।