महेन्द्र शाहीले राजीनामा दिएपछि जीवन शाही मुख्यमन्त्री

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका जीवनबहादुर शाही नियुक्त भएका छन् ।

शाहीलाई प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले संविधानको धाारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री भएका महेन्द्रबहादुर शाहीले सोमबार राजीनामा दिएपछि जीवन शाही कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थनमा नयाँ मुख्यमन्त्री नियुक्त भएका हुन् ।

संघ सरकारको असर प्रदेशमा समेत पर्न थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै सातै प्रदेशमा मुख्यमन्त्रीहरु पनि धमाधम राजीनामा दिन थालेका छन् ।