विदेशबाट फर्केका नेपाली लुट्ने लुटेरा प्रहरीको फन्दामा

काठमाडौ । वैदेशिक रोजगारबाट फर्केका नेपालीहरूलाई लुट्ने लुटेराहरुलाई प्रहरीले पक्राउ गरेको छ । कतार, दुबई, मलेसिया लगायतका देशहरुमा वैदेशिक रोजगारको लागि गएकाहरु फर्कने क्रममा लुटेको गुनासो प्रहरीकोमा आएको थियो ।

सोही सूचनाको आधारमा महानगरीय परिसर काठमाडौँ वृत्त गौशालाको विशेष टोली परिचालन गरी लुटेराहरूको खोज तलास गरिरहेकै बेला गत ११ गते राति कतारबाट स्वदेश फर्केर आएका एक जनालाई ट्याक्सी चढी दाइको कोठामा जाने क्रममा सिनामंगल कार्गो गोदाम अगाडि दुई वटा मोटरसाइकलले बाटो छेकी लुटेका थिए ।

२ थान मोबाइल, ६०० कतार रियाल र २५ ग्रामको सुनको औँठी लुटी फरार रहेकाहरू मध्ये २ जना लुटेरालाई प्रहरीले सोमबार लुटेको मोबाइल र मोटरसाइकलसहित पक्राउ गर्न सफल भएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।