देशभर आजबाट शुरु हुँदै राष्ट्रिय जनगणना

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले यसपटकको जनगणना आजबाट शुरु गर्ने भएको छ। हरेक १० वर्षमा गरिने राष्ट्रिय जनगणना मंसिर ९ गतेसम्म सञ्चालन हुने विभागले जनाएको छ।

नेपालमा विसं १९६८ देखि जनगणना कार्यक्रम सञ्चालन हुँदै आएको छ। ‘केन्द्रीय तथ्याङ्क विभागले हरेक दश वर्षमा गरिने राष्ट्रिय जनगणना विक्रम संवत १९६८ देखि संचालन गर्दै आएको छ र यसको बाह्रौं श्रृंखला कार्तिक २५ देखि मंसिर ९, २०७८ सम्म सञ्चालन हुनेछ। यस राष्ट्रिय कार्यक्रममा भाग लिन हामी सबैलाई अनुरोध गर्न चाहन्छौं,’ राष्ट्रिय कार्यक्रममा सहभागी विभागले सबैलाई अनुरोध गरेको छ।