जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति

काठमाडौं, माघ १५ गते। सत्तारुढ गठबन्धनले जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति गरेको छ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रवितधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।