सत्ता गठबन्धनको बैठक ८ गते बस्ने

काठमाडौं । सत्ता साझेदार दलहरुबो वैठक आगामी ८ गते पुन बस्ने गरी सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्तारूढ गठबन्धनको बैठकमा अमेरिकी सहयोग परियोजना एमसिसी संसदमा पेस गर्ने विषयमा छलफल गर्न बसेको भएपनि निष्कर्षमा पुग्न नसकेपछि ८ गतेलाई सारिएको हो ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले फागुन ८ गते बैठक बस्ने गरी छलफल सकिएको बताउए । बैठकमा नेपालसहित प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।