मदन भण्डारी फाउण्डेसनको राष्ट्रिय सम्मेलन हुने

काठमार्डौ । मदन भण्डारी फाउण्डेशनको तेस्रो राष्ट्रिय सम्मेलन आगामी चैत ५ गते काठमाडौँमा हुने भएको छ । ‘जनताको बहुदलीय जनवाद, राष्ट्र निर्माणको आधार’ भन्ने मूल विषयसहित हुने सम्मेलनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।

सातवटै प्रदेशका प्रतिनिधि सहभागी हुने सम्मेलनको उद्घाटन नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुने फाउण्डेशनका सचिव पेम्बा लामाले बताएका छन् ।

फाण्डेशनले एमालेका तत्कालीन महासचिव जननेता भण्डारीको ‘जबज’ को विचारलाई प्रवद्र्धनलगायत विविध विधामा रचनात्मक कार्य गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षमा सहयोग गर्दै आएको दाबि छ ।