निर्वाचन आयोगमा सेटिङमा आर्थिक अनियमितता

काठमाडौं । आगामी वैशाख ३० गते सरकारले स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेसँगै निर्वाचन आयोग तयारीमा जुटिसकेको छ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि तयारी गरिरहँदा भ्रष्टाचारको राम्रै गन्ध आउन थालेको छ । आयोगले गर्ने हरेक काममा प्रमुख आयुक्तदेखि आयुक्त एवं कर्मचारीका आफन्तहरुका कम्पनी एवं संस्थाहरुले मात्र काम गर्ने गरी विभिन्न मापदण्ड तयारी गरिरहेको देखिन्छ ।

निर्वाचन आयोगले गर्ने खरिद प्रक्रियामा बजार मूल्य भन्दा अत्यधिक चर्को मूल्यमा केही सामग्रीहरु खरिद प्रक्रिया अगाडिब बढाईसकेको देखिन्छ भने कोटेशनका नाममा खरिद गरेका प्रत्येक फाईलहरुमा अत्यधिक भ्रष्टाचार भएको फेला परेको छ । आयोगका कर्मचारीहरुले निर्वाचनको मौकाको फाइदा उठाउँदै अहिले सेटिङमा काम गरिरहेका छन् ।
सार्वजनिक खरिद ऐनलाई समेत लत्याउँदै आयोग यतिखेर भ्रष्टाचारको मूल थलो वन्दै गईरहेको छ । आयोगले निर्वाचन प्रयोजनका लागि गर्ने कुनै पनि काममा अख्तियार नलाग्ने भन्दै राज्यको ढुकुटीमा रजाइँ गरिरहेको देखिन्छ । जनताले सिटामोल खान नपाईरहेका बेला आयोग भने निर्वाचनका नाममा राज्यको ढुकुटी रित्याउने तर्फ उन्मूख भईरहेको अहिले आयोगले गरेका प्रत्येक कामलाई नजिकबाट नियाल्ने हो भने प्रष्ट देखिन्छ ।
आफूलाई निकै नै
्रक्रिय