सुन लुकाएर ल्याउने भारतीय नागरिक पक्राउ

काठमार्डौ । मलद्वारभित्र सुन लुकाएर ल्याउने एक भारतीय नागरिकलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा अनुसन्धान गर्दा सुन मलद्वारमा लुकाएर ल्याएको पाइएपछि उनलाई विमानस्थलको शौच गर्न लगाएर सुन निकालिएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख भीमप्रसाद ढकालले जानकारी दिइएको छ ।

सुन लुकाएर ल्याउने भारतीय नागरिक ३८ वर्षीय शुभम मेहरा रहेका बताएको छ । उनले एक हजार २६८ ग्राम सुन लुकाएर ल्याएको छ । सुनको मूल्य १ करोड ८ लाख ४९ हजार रहेको जानकारी छ । दुबईबाट काठमार्डौ आएका मेहराको गतिविधिमा शङ्कास्पद देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिइएको बताएको छ ।

मेहराले हरियो रङको टेपले बेरिएको प्लाष्टिकभित्र दुई थान अर्धठोस सुनको पोका बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय बुझाइएको प्रहरीले बताएको छ ।