श्रीमानद्धारा श्रीमतीको हत्या

काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको साँगाचोकगढी नगरपालिका १ मा मेख बहादुर तामाङले आप्नै श्रीमतीलाई चिरपट र ढुङ्गा प्रहार गरी हत्या गरेको छ । घरायसी झगडा हुँदा ४४ वर्षीया सुकुमाया तामाङलाई कुटपिट गरेको बताएका छन् । स्थानीयले झगडाभएको प्रहरीलाई जानकारी दिएपछि मेख बहादुर तामाङलाई मंगलबार राति नै पक्राउ गरेको बताएको छ ।

घरायसी बादबिबादको क्रममा तामाङले श्रीमतीलाई चिरपट र ढुङ्गा प्रहार गर्दा गम्भीर घाइते भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ

श्रीमान र श्रीमती बिच घरायसी झगडा हुँदा गम्भीर घाइते भएकी सुकुमायाको जिल्ला अस्पताल चोतारामा उपचारको क्रममा मृत्यु भएको बताइएको छ । मेख बहादुर तामाङलाई भने प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।