‘अञ्जिला’मा गीतकार लोकराज अधिकारीकोे बिषयगत शिर्ष गीत रहने

काठमाडौं । फागुन २९ गते प्रदर्शनमा आउने मिलन चाम्स निर्देशित नेपाली चलचित्र ‘अञ्जिला’मा रहने बिषयगत शिर्ष गीतका लागि निमार्ण टिमले गीतकार लोकराज अधिकारी र संगीतकार हरि लम्साल संग सम्झौता गरेको छ । आइतवार निर्देशक चाम्स र निर्माता तथा अभिनेता प्रेम कुमार श्रेष्ठले गीतकार र संगीतकार संग संझौता गरेका हुन् । उक्त गीतमा उदयराज पौडेलको संगीत संयोजन रहने छ । गायक गायिकाको टुङगोकेहि दिनमा लाग्ने निर्देशक चाम्सले जानकारी दिएका छन् । चलचित्रको कथाले मागेको शब्द र संगीत निर्माण टिमले पाएको निर्माता श्रेष्ठले बताएका छन् ।

चलचित्र ‘अञ्जिला’ महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित छ । चलचित्रमा प्रमुख भूमिकामा सुब्बा आफैँ देखिनेछिन् । साथै, दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । अभिनेता दयाहाङको स्वराङ्कन केहि दिन अघि सम्पन्न भएको थियो । चाम्सका अनुसार चलचित्रको लगभग सबै काम पूरा भइसकेको छ र छिट्टै पत्रकार सम्मेलन मार्फत अन्तर्राष्ट्रिय रिलिजबारे घोषणा गरिनेछ ।् निर्माता प्रेम कुमार श्रेष्ठले पनि चलचित्रमा प्रमुख भूमिका निभाएका छन्।

चलचित्रको छायाङ्कन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौंमा गरिएको हो । चलचित्रमा एञ्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको कथा देखाइनेछ । निर्देशक चाम्सका अनुसार यस चलचित्रले इच्छाशक्ति भए असम्भव केही छैन भन्ने स
न्देश दिने प्रयास गरेको छ । उनका अनुसार यो चलचित्र एञ्जिलाको पूर्ण बायोपिक भने होइन, तर उनको जीवनका विभिन्न घटनाहरूमाथि आधारित भने छ । चलचित्रको छायाङ्कन सुदीप बरालले गरेका हुन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रमा टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया सह–निर्माता छन् ।