स्थानीय निर्वाचनमा एमाले एक्लै लड्न तयार छ : केपी ओली

काठमाडौँ । आगामी बैशाखमा हुने स्थानीय चुनावमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले कुनै पनि गठबन्धन नगरी एक्लै चुनाव लड्ने निर्णय रहेको बताएका छन् । कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनलाई एमालेले एउटै खुट्टाले कुल्चने दाबी समेत गरेका छन् ।

अध्यक्ष ओलीले स्थानीय चुनावको नतिजा एमालेको पक्षमा आउने र त्यसपछिका चुनाव पनि एमालेमै हुने जिकिर गरेका छन् । अगामी हुने चुनाबमा जनताको बीच एमालेलाई कसैले पनि ढाल्न नसक्ने ओलीको भनाई रहेको छ ।

भक्तपुरको सूर्यविनायकमा सञ्चालनमा ल्याएको ‘सूर्यविनायक हरित कृषि तथा थोक बजार प्राली’को उद्घाटन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले एमालेले कुनै पनि दलसँग गठबन्धन नगर्ने र एक्लै चुनावमा जाने बताएका छन् । अध्यक्ष ओलीले एमालेकै नेतृत्वमा देशमा समृद्धि ल्याइने समेत बताएका छन् । ओलीले भारतसँग मात्र नभएर चीनसँग पनि पारवहन सम्झौता भएको उल्लेख गर्दै नेपालले समुद्रबाट पनि सामान ल्याउन सक्ने र ठूला जहाज आउन सक्ने संम्भावना रहेको बताएका छन्

भक्तपुरको सूर्यविनायकमा ५० रोपनी क्षेत्रफलमा २ अर्बको लगानीमा व्यवसायी दुर्गा प्रसाईले कृषि तथा तरकारी बजार सञ्चालनमा ल्याएको जानकारी गराउदै, कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ र एमाले सांसद महेश बस्नेतले देशमा स्थानीय तहको निर्वाचन आएसँगै एमालेको लहर आएको दाबी गरेका छन् ।