६३ लाखसहित तीन युवक पक्राउ

काठमाडौँ । महोत्तरीमा स्रोत नखुलेको ६३ लाखसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार आइतबार ५५ लाखसहित दुई युवक पक्राउ परेका थिए भने बिहीबार ८ लाखसहित थप एक युवकलाई पक्राउ गरेको बताएका छन् ।

महोत्तरी जिल्लाको जलेश्वर,बर्दिबास सडकखण्डको औरहीमा गत आइतबार दिउँसो स्रोत नखुलेको नगत ५५ लाखसहित औरही नगरपालिका,२ चेपकट गाउँ बस्ने २० वर्षीय धीरजकुमार यादव र १८ वर्षीय रमेशकुमार सहनीलाई पक्राउ गरेको बताएको छ ।

ज ९ प ८२४७ नं को मोटरसाइकलमा बसेर कालो झोलामा ५५ लाख बोकी गइरहको अवस्थामा प्रहरीले जाँच गर्दा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताएका छन् ।

उक्त रकमको स्रोत खुलाउन नमानेपछि उनीहरुलाई प्रहरीले कारबाहीका लागि बरामद रकमसहित जलेश्वर भन्सार कार्यालयमा बताए ।