टाइफाइड विरूद्ध खोप अभियान

काठमाडौँ । यही चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म देशैभर टाइफाइड विरूद्ध खोप अभियान तथा राष्ट्रिय खोप कार्यक्रममा नियमित रुपमा समावेश गर्ने सरकारले घोषणा गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको एक कार्यक्रममा टाइफइड खोपको अभियान घोषणा गरिएको छ । सरकारकले राष्ट्रिय खोप कार्यक्रमलाई पहिलो प्राथमिकता एवं जनस्वास्थ्यको सफल कार्यक्रमको रुपमा लिइएको छ । हाल १२ वटा एन्टिजेनसमेत समावेश गरी नियमित खोप कार्यक्रमको प्रभावकारी कार्यान्वयनबाट बालबालिकाको बिरामी दर, अपाङ्गता र शिशु तथा बाल मृत्युदरमा समेत कमी आउन थालेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएका छन् ।

नेपालमा अझैपनि टाइफाइड रोगको उच्च सङ्क्रमण र जोखिमी पुर्ण भएका कारण टाइफाइड खोप १५ महिना देखी १५ वर्ष उमेर भएका नागारीहरुलाई अभियानमार्फत सञ्चालन गरी बालबालिकालाई निरन्तर रुपमा खोप उपलब्ध गराइने बताएका छन् । कार्यक्रममा मन्त्रालयका सचिव रोशन पोखरेलले यस अभियानको व्यवस्थित र प्रभावकारी सञ्चालनमा सहजीकरणका लागि सबै पक्षसँग आग्रह समेत गरेका छन् ।

कार्यक्रममा परिवारकल्याण महाशाखाका निर्देशक डा विवेहकुमारलाल, विश्व स्वास्थ्य सङ्गठनका विनोद बुरालगायतले पनि टाइफाइड खोपको आवश्यकता र अभियानका बारेमा आ–आफ्ना धारणा व्यक्त गरेका छन् ।