१ वर्ष बित्दा पनि पुल निर्माण कार्यमा ढिलाई

काठमाडौँ । तनहुँ जिल्लाको ऋषिङ गाउँपालिका १ र व्यास नगरपालिका ३ देउराली नगर झापुटार जोड्ने मादी,सेती नदीमा पक्की पुल निर्माण गर्न थालिएकोे छ । २०७७ कात्तिक महिनादेखि निर्माण थालिएकोे उक्त पुल कछुवाको गतिमा निर्माण भई रहँदा प्रधानमन्त्री शेरबहादुर देउवाले अवलोकन गरेपछि पुल निर्माणको कामलाई तीव्रता दिन थालिएको छ ।

तनहुँ महोत्सव उद्घाटन गर्न क्रममा मन्त्री देउवाले तनहुँ जलविद्युत् आयोजना र निर्माणाधिन उक्त पुल अवलोकन गरेको थियो । पुलको शिलान्यास गरिएको १ वर्ष बित्दा पनि काम समयमा सकिएको थिएना । प्रधानमन्त्रीको अवलोकन पछि पुलको निर्माण कार्यलाई तीव्रता दिइएको पुलःनिर्माण व्यवस्थापन समितिका अध्यक्ष बाबुराम बगालेले जानकारी दिइएको छ ।

गण्डकी प्रदेश सरकारको ३२ करोड ४० लाख सहयोगमा १५५ मिटर लमो र १० मिटर चौडा उक्त पुलको निर्माण अघि बढाइएको थियो । पुलको एकातिरको २० वटा फाइलको काम सम्पन्न गरेर सेन्टर प्वाइन्टको फाइलको काम सुरु गरिएको रसुवा एलिट जेभी कन्ट्रक्सनका प्रतिनिधि जीवन पौडेलले बताएका छन् । उक्त पुल निर्माण भएपछि झोलुङ्गे पुलबाट मोटरसाइकल गुडाउनुपर्ने बाध्यता अन्त्य पौडेलको भनाई रहेको छ ।

दमौलीबाट ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिका जान लामो दूरीको पुल निर्माणपछि जिल्लाको दक्षिण भेगसम्म छोटो दूरीमै सहज यात्रा गर्न सकिने छ । पुल निर्माण भएपछि नवलपरासीको कावासोती र कालीगण्डकी करिडोरसँग जोडिने हुँदा हजारौँ मानिस लाभान्वित हुने विश्वास कम्पनिका प्रतिनिधि पौडेलले गरेका छन् ।