ऐतिहासिक रानीमहल परिसरमा महिला बिच भलिबल प्रतियोगिता हुने

काठमाडौँ । पाल्पाको ऐतिहासिक रानीमहल परिसरमा सञ्चालन हुने राष्ट्रिय महिला बिच भलिबलको तयारी पूरा भएको छ । उक्त प्रतियोगिता यही चैत २४ देखि २६ गतेसम्म सञ्चालन हुने भएको छ ।

भलिबल प्रतियोगितामा विभागीय टोलीका साथै सातै प्रदेशबाट खेलाडी सहभागी हुने आयोजक संस्था सञ्जय स्मृति प्रतिष्ठानकी अध्यक्ष निरोज मास्केले जानकारी गराएको छ । करिब ३० लाखको लागतमा आयोजना गर्न लागिएको भलिबल प्रतियोगिताका विजेताले १ लाख नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो हुनेले ५० हजार तथा उत्कृष्ट खेलाडीले २० हजार पुरस्कार प्राप्त गर्ने भएका छन् ।

ऐतिहासिक पर्यटकीयस्थल रानीमहलको प्रचार–प्रसारमा टेवा पुराउने उद्देश्यले साथ कालीगण्डकी नदी किनारमा महिला बिच भलिबल खेलको आयोजना गरिएको मास्केले बताइएका छन् । प्रतिष्ठानले एक दशकदेखि विभिन्न सामाजिक काम गर्दै आएको बताएका छन् । सम्पूर्ण खेलाडीको २ लाख बराबरको बीमासमेत आयोजकले गरेको अध्यक्ष निरोज मास्केले बताइएका छन् ।